यसकारण उदय हुन्छन् स्वतन्त्रहरु

ऐतिहासिक र आन्दोलनले बनेका पार्टीहरूले सिद्धान्तको राजनीति सुविधाको राजनीतिलाई अभ्यास गर्न थालेपछि प्रतिकृयामा नयाँ पार्टी देखिन्छन् ।

प्राचीलाई लेख्न थाल्दा कतिपय घटना रेड कार्पेटमुनि लुकेका थिए । नियत छर्लंग हुन परिणाममा देखिनुपथ्र्यो । कुनै पनि विषय, नियत, सोच वा वस्तु सधैँ गर्भमा छिपिरहन सक्दैन । आवेगले पैदा भएका व्यक्ति वा पार्टीहरू भलै सरकार बनाउन वा भत्काउन महत्वपूर्ण भूमिका राखेपनि कालान्तरमा उनीहरु खहरे झै हुन्छन् । खहरे या त सुक्नुपर्छ या नदिमा मिसिनुपर्छ । जबसम्म खहरे गडगडाउँछ, त्यतिबेलासम्म होसियार नभए बगाइदिन सक्छ ।
संसारकै  गठबन्धन सरकारको विवशता भनेको सरकार बचाउन र बनाउन जेजस्तो पनि सम्झौता गर्नु हो । अहिलेको इजरायली सरकार त्यसको प्रत्यक्ष उदाहरण हो भने इतिहासमै उग्र जातिवादी घोर दक्षिणपन्थी सरकारमा सामेल इतशmब थ्भजगमष्त पार्टीको ११ सांसद र दामली नेता आर्यन डोरी, संभावित तेस्रो विश्वयुद्धको कारक बन्दैछन् ।
आवेगबाट बनेको रेसम चौधरी र प्रतिकृयाले बनेको रबि लामिछानेको पार्टीका कार्य, कारण र परिणाम नियाल्न मेरा गम्भीर पाठक सक्षम छन् । रबि “दागी” छन् । कंग्रेस  एमाले र माओवादी उनको गुनगान गाउन विवश छन् । थारू स्वाभिमान केन्द्रीय बहसमा पु¥याउने नागरिक उन्मुक्ति पार्टीको तानातान घर झगडाले समर्थक र पछुवालाई सोच्न बाध्य बनायो । यो सत्ता केन्द्र बनाउने गठबन्धनको विश्वव्यापी बाध्यता हो । मेरा गम्भीर पाठकले यस विषयलाई सामान्य लिनुहुने छैन ।
   मिसन ८४ को चुनावी अभियानमा राजनीतिक दल जुटिसके । चुनावसँगै तपसिलमा रहेका कयौं विषय सतहमा आउनु स्वभाविकै हुन्छ । इतिहासका चश्माले वर्तमान नियाल्दै यस लेखमा भने पार्टी, नयाँ दलको गठन र स्वतन्त्र उम्मेदवारका आधार, पार्टी फेरबदलका कारण र परिणामबारे नै केन्द्रित हुनेछँु ।
एउटा चुनाव सक्किने बित्तिकै अर्को चुनावी तयारी सुरु हुनेगर्छ । पार्टी र गुट त्यतिकै सक्रिय हुन्छन् । स्वतन्त्र बन्ने महत्वकाङ्क्षी सलबलाउन थाल्छन् । चुनाव नजिकिँदै जाँदा उत्तेजना खेल बढ्दै जान्छ् । गठबन्धन बन्नु, भत्कनु र नयाँ बन्दा नयाँ दलको हैसियत पनि देखा पर्छन् । वेष्ट मिनिष्टर संसदीय प्रणालीमा संसदको  सामान्य अंकले पनि सत्ता खेल बनाउछ, बिर्गाछ ।
स्वतन्त्र वा नयाँ दलले विगतमा महत्वपूर्ण विजय हासिल गरेकाले राजनीतिक बजारमा भाउ बनेको नजिर छ । त्यसैले भविष्यमा स्वतन्त्रको संख्या अझ ह्वात्त बढ्ने छ ।
राजनीतिको गम्भीर मोडपछि नयाँ पात्र र प्रवृत्ति सतहमा देखा पर्छन् । समाजका सोच, पक्षधरता र चिन्तनका प्रतिनिधि मैदानमा उत्रिन्छन् । ऐतिहासिक परिवर्तनका मोडले सरकारको मात्रै नभै सत्ता चरित्रको निरन्तरतामा क्रमभंगता गरिदिएपछि शासकवर्ग, चिन्तन, अभ्यास मात्रै फेरवदल पार्दैन, नायक र खलनायकको अनुहार पनि फेरिन्छ् ।  कतिपय पुराना खेलाडी नयाँ पार्टीमा परिचय बनाउन पुग्छन् भने कतिपयले नयाँ नामधारण गरेर नयाँ पार्टी खोल्छन् । त्यसैबीचमा सत्ताका छिनाझप्टी सक्रिय हुने गर्छ ।

इतिहासमा चुनाव 

सभ्यता विकासक्रममा राजनीतिको सरल तरिकाले बुझ्न व्याख्या आवश्यक हुन्छ । राज्य अस्तित्वसँगै वैधानिकता पनि त्यत्तिकै आवश्यक पर्छ । सत्ता यथास्थिति खलवलिन दिँदैन र समाज भने यथास्थितिमा रहन चाहदैन । तव समाजमा द्धन्द हुन्छन् । ति विद्रोह, क्रान्ति वा आन्दोलनका आधार बन्छन् ।  व्यवस्थामा आउने हेरफेरसँगै समाज र सोचमै उथलपुथल हुन्छ । हरेक परिवर्तनले नयाँ आशा जगाएर सामाजिक समूहमा हर्लक्क महत्वकाङ्क्षा जगाउँछ ।
 पात्र र प्रवृत्तिका रुपमा नयाँ भूमिकामा नयाँ स्वार्थ समूहहरू देखा पर्छन् । व्यवस्थाको क्रमभंगता भने चुनावबाट नभएर विद्रोह, आन्दोलन वा क्रान्तिबाट मात्रै हुन्छ । व्यवस्थासँगै शासन चरित्रनै हेरफेर आएपछि शासनका चरित्र, विचार र अभ्यास पनि फेरिने भयो । राणाकाल, बहुदलकाल र पञ्चायतमा पनि चुनाव भए । व्यवस्थाको आमूल परिवर्तनसँगै नयाँ खाले जागरण र  महत्वकांंङ्क्षाका भोक जाग्छन् । पहिचानको भोक र राज्यको मूलधारबाट बहिष्कृत वा अपहेलना खेपिरहेका समूहमा आत्माबल चुलिन्छ । इच्छाशक्ति उम्रन्छ, झागिँन्छ । त्यसका असरहरू आमचुनावमा नयाँपार्टी वा स्वतन्त्र उम्मेदवारका रुपमा देखा पर्छन् । संसारमै पहिलो चुनाव इशापूर्व ५०८  युनानमा  भएको थियो ।
राजा, महाराजा, युद्ध सरदारहरु आफूलाई दैवीशक्ति प्राप्त भनेर वंशानुगत शासनको निरन्तरता दिन्छन्। वर्चश्व कायम गर्न, बढाउन युद्ध वा धर्मको साहरा लिइन्छ । समय अनुसारका दण्ड वा पुरस्कार तय गर्न सैनिक र कानुन व्यवस्था गरिन्छ । भय र प्रलोभनले मात्रै समाज हाँकिँदैन, जनअनुमोदनको मानसिक अस्त्र चलाउन आवश्यक पर्ने भएकाले चुनाव र अदालत आवश्यक पर्छन्  ।
बितेका ७६ वर्षमा नेपालमा पनि अनेकौँ पार्टी र व्यक्तिहरू देखा पर्दै गए । चुनाव हुँदै गयो । कतिपय ती  अब अस्तित्वमा छैनन् । चुनावका रुप, हैसियत र अवस्था फरक भएपनि पद्म शमशेरको पाला २००४ काठमाण्डु नगरपालिकाको चुनाव नै नेपालको पहिलो चुनाव हो । जनकमान श्रेष्ठ पहिलो सहरपिता बने । ०७, ०१७, ०४६÷४७ र ०६२÷६३ मा शासन पद्धतिका रुप मात्रै हैन्  गुणमै फेरबदल भएपछि चुनावले नयाँ सन्देश, संकेतदिँदै नयाँ भास्य तयार गर्दै गयो । २००७ साल पहिला राजनीतिक पार्टीहरू अवैधानिक भएकाले भूमिगत सक्रिय थिए ।
जुन आदर्शसाथ ०७ सालको क्रान्तिमा सहभागी भए, सत्तामा पुग्ने बित्तिकै जोगाउन भने सकेनन् । सत्तासँग आदर्श पचाइदिने शक्तिशाली पाचक हुन्छ । पार्टीमा टुटफुट हुँदै गए । चतुर राजा महेन्द्रले खुब खेलाए । राणाशासन अन्त भएको ८ वर्षपछि अर्थात् २०१५ सालको भएको पहिलो संसदीय चुनावमा क्रान्तिपूर्वको ३ पार्टी र अन्य गरी ९ पार्टीले चुनावमा भाग लिए ।   ०७ साल पहिला प्रजापरिषद्, नेपाली कंग्रेस, नेपाल कम्युनिष्ट पार्टी सक्रिय रहेकोमा २०१५ को चुनावमा ९ पार्टीले भाग लिए । ४ पार्टी नेपाली कंग्रेस, नेपाल राष्ट्रवादी गोर्खा परिषद, सयुक्त प्रजातान्त्रिक पार्टी नेपाल र नेकपाले सदनमा मान्यता पायो । स्वतन्त्र उम्मेदवारले १६.७ मत सुरक्षित गरेर ४ सिट जित्न पुग्यो । निर्वाचनपछि जुम्लाका भीमप्रसाद श्रेष्ठ नेपाली कांग्रेसमा सामेल भए ।
 ३० वर्षे पञ्चायतकालमा पनि चुनाव हुन्थे । पञ्चायती चुनाव अभ्यासमा सरकारी र विरोधी उम्मेदवार पनि हुन्थे । सरकारी उम्मेदवारको व्यवस्थापन र विरोधीको तेजोवध अञ्चलाधीशले गर्थे । व्यवहारिक राजनीतिक शक्ति मन्त्री र राष्ट्रिय पञ्चायत सदस्य (रापस) भन्दापनि दरबारी अभ्यास अञ्चलाधीश मार्फत हुन्थ्यो ।
गाँउ फर्ककालीन पञ्चायती चुनावमा गाँउको वार्ड सदस्यमा विजय नभै माथिल्लो कुनै तहमा पनि प्रतिस्पर्धा  गर्न पाइदैनथ्यो । पञ्चायतभित्रकै द्धन्द यती घमासान थियो की राजा महेन्द्रसँग सूर्यबहादुर थापाको परिचय गराई दिने विश्वबन्धु थापालाई प्रधानमन्त्री थापा लोथरमा सशरीर उपस्थित भएरै चितवन भण्डाराको वार्ड सदस्यमै सुकुचासँग हराइदिएर विश्वबन्धुको पञ्चायती तगारो बनिदिए।
 धेरैजसो कंग्रेस–कम्युनिष्टहरू विभिन्न तर्क र बहानाले पञ्चायत प्रवेश गरेतापनि २०२८ को स्नातक तर्फको चुनावमा रामराजाप्रसाद सिंहको निर्वाचनले भने पञ्चायत हल्लियो । २०३८ सालको निर्वाचनमा  ६५ हजार ७ सय ७७ मत पाएर कमल चित्रकार विरुद्ध विजयी भएकी नानीमैया दाहाल पञ्चायत विरुद्धको व्यंग्यचित्र नायिका बनिन् ।
गाउँफर्क र पञ्चायत नीति तथा जाँचबुझ समिति (पनिजावस) कडा स्वीकृतिमा  चुनाव हुन्थ्यो । कडा परिक्षण चुनावी गेटपास हुन्थे । मजदुर किसान पार्टी (नेमकिपा) र  रूपचन्द विष्टले तोड्न सुरु गरे । नेमकिपाका कर्ण हैँजुको आस्था र प्रतिवद्धता सरकारले किन्यो र भक्तपुर दुर्घटनामा फेरियो । नेमकिपाबाट विजयी रापस कर्ण हैँजु हत्याकाण्ड (पार्टीको नीति र आचरण पालन नगरेर पञ्चायती मूलधारमा बगेको हैँजुमाथी आरोप थियो) ।
                                        काङ्ग्रेसभित्रको बखानसिंह गुरुङको ३८ से समुहले पनि राष्ट्रिय पञ्चायतमा ४ प्रतिनिधि पठायो तर उनीहरूले विष्ट र पध्मरत्न तुलाधरको झै भूमिका खेलेको देखिएन । ०४३ को चुनावमा नेकपा मालेको जनपक्षीय हस्तक्षेपले पञ्चायतभित्रकै प्रतिपक्ष स्वर अझ शसक्त  भयो । रापसका स्वतन्त्र उम्मेदवारका सामाजिक छवि, वैचारिक दृढता र भूमिको कारण चुनावमा खडा भए । जनअपेक्षा अनुसारै भूमिका निर्वाह पनि गरे ।

  विचारको हस्तक्षेप

रूपचन्द विष्टको थाहा आन्दोलन र सदनमा कुर्लाइ वैचारिक प्रहार र दवाव चरममा पु¥यायो । विष्टको सोंच र  भूमिकाले पंचायत त्रसित बन्यो । विष्टको वैचारिक आन्दोलन कुनै पनि विषयप्रति धारणा बनाउनु र भूमिकामा उत्रिनु पहिला सो विषयमा गहिरो तरिकाले थाहा पाउनुपर्छ भन्ने थियो । भिड जनमत बन्न सक्दैन र भीडलाई जनतामा फेर्ने भनेकै चिन्तक, अभियन्ता वा राजनीति नेतृत्वको मुख्य भूमिका हो भन्ने थाहा आन्दोलनका वैचारिक पुरोधा विष्ट पञ्चायतकालको एकात्मक सदनमा वास्तविक प्रतिपक्षी र जनप्रतिनिधि बने ।
    ०४६÷४७ को जनआन्दोलनले जडता र आग्रह तोडेर राजनीतिमा छोइछिटो गर्ने कंग्रेस र कम्युनिस्टलाई एकै मञ्चमा पु¥यायो । त्यसले राजनीतिका रूपमात्रै फेरेन चुनावका चरित्र, पार्टी र व्यक्ति पनि फे¥यो ।
  १) ०४८को आमचुनावमा १८ पार्टीले निर्वाचनमा भाग लिए । ४.१७ प्रतिशत स्वतन्त्र उम्मेदवारले मत सुरक्षण गरे । ३ उम्मेदवारको विजय भयो । निवाचित सबै नेपाली कांग्रेसमा समावेश भए ।
१५ सालको निर्वाचनमा सहभागी दलमध्य ०४८ मा  कंग्रेस र कम्युनिष्टले मात्रै भाग लिए । तर २०१५ मा नेकपा १ थियो भने ०४८ मा भने ७ पार्टी बनिसकेका थिए । तराई कंग्रेस पनि सद्भावना पार्टीमा फेरिएको थियो ।
                                                                                                                                                                         २) ०६२÷६३को परिवर्तनपछि सत्ता चरित्र र निर्वाचन पद्धतिनै हेरफेर भए ।  ०६३ साल पहिला नदेखिएका पार्टी र चरित्रहरू राजनीतिक मञ्चमा एकाएक देखा पर्दै गए । पहिचानको विषय आन्दोलनको शीर्ष स्थानमा पुगेपछि थारु, जनजाति, मधेश, महिला र दलित समूह सुषुप्त रहेको चेतना भूमिकामै देखियो ।
 पहिलो संविधानसभा हलमा समानुपातिक सहितको चुनावी परिणामले सदनको उपस्थितिमा देशकै समग्र चित्र देखिन्थ्यो । त्यो अदभूत दृष्यले परम्परागत शक्ति सन्तुलन खजमजिएर राजनीतिमा नयाँ परिभाषा थालनी भए । नयाँ दलहरू र स्वतन्त्र व्यक्तित्वहरू राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिकाको अग्रस्थानमा पुगे ।
   ०६४ सालसम्म पुग्दा २०१५ सालमा चुनावमा सहभागी दलमा ३ दल –(कंग्रेस, कम्युनिष्ट र मधेशवादी) सहभागी भए । ०४८ मा राप्रपा २ समुह थिए भने ०६४ मा पनि २ नै रहे । ०४८ सालमा ७ दलमा रहेको कम्युनिष्टहरू ६४ मा भने १२ र ७९ मा ९ पुगे । मधेशवादी दल १५ साल र  ०४८ सालमा १ थियो तर ६४ मा ४ र ७९ सालमा ३ भए ।
 पुरानो सत्ताको प्रतिनिधि गणतन्त्रको पहिलो देश फ्रान्सको राज्यक्रान्तिको देशमा अझै एउटा सानु समुह हरेक वर्ष राजतन्त्रको पक्षमा झिनो जुलुस निकाल्छ । हरेक देशमा क्रान्ति, विद्रोह वा आन्दोलनपछि पनि पुराना व्यवस्थाका प्रतिनिधि नयाँ नाम वा पार्टीका रुपमा सक्रिय हुन्छन् ।
राणा शासनको अन्त्यपछि अर्थात ०७ सालपछि सत्ता गुमेका अभिजाततप्का खुकुरी दल मार्फत सक्रिय भए भने १५ सालको चुनावमा गोर्खा परिषदको नाममा चुनावमा देखिए । भरत शमशेरको गोर्खा परिषद प्रमुख प्रतिपक्ष दल पनि बन्यो । ०१७ सालपछि भने नेपाली कांग्रेसमा विलीन भयो ।
पञ्चायत व्यवस्थाको अन्त्यपछि पूर्वपन्चहरु राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द समूहमा एकैपटक उदय भयो । पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको सेभ द नेसन । कालान्तरमा थापालाई कंग्रेसले प्रधानमन्त्री बनायो भने चन्दलाई एमालेले । ०६४ पछि पनि राजतन्त्रवादीको राप्रपाका नाममा सक्रिय भए भने सांस्कृतिक राष्ट्रवाद भनेर कयौं साना पार्टी पनि देखापरे ।

समानुपातिक प्रणाली भित्रको कुरा

नयाँ संविधानले चुनावी प्रणालीमा समानुपातिक व्यवस्था ग¥यो । प्रतिस्पर्धामा वर्ग, जाति, क्षेत्र, भाषा, संस्कृतिका वास्तविक समानुपातिक प्रतिनिधित्व होस् भन्ने उदेश्य थियो । तर पार्टीलाई राजनीतिक जिमिन्दारी सोच्ने नेतृत्व तप्काले संविधानको मर्म र स्पिरिट पालन गर्न सकेनन् । व्यवस्था त फेरियो तर राजनीतिक संस्कृति र अभ्यास भने फेरिएन । समानुपातिक चुनाव प्रणाली ठट्टा बन्न पुग्यो । सबैले विभत्स अभ्यास गरे । पार्टीको पद किनबेच वा नेतृत्वले मन खाएका कार्यकर्ताको भर्ती समानुपातिक चुनावी बहाना बन्न पुग्यो । कतिपय चुनावमा प्रतिस्पर्धामा उत्रिन नचाहानेहरुको सत्तामा पुग्ने शिर्षक पनि ।
 राष्ट्रिय सभाको अवस्था पनि त्यस्तै भयो । राज्यलाई आवश्यक प्राज्ञ, विज्ञ, चिन्तक र सीमान्तकृत प्रतिनिधित्वको परिकल्पना हो तर ति अभ्यासमा देखिएनन् । एकाध व्यक्तित्व बाहेकले हाउस अझ इन्टेलेक्चुअलको मर्म थेग्न सकेनन् ।
  शासन व्यवस्था आफैं नराम्रो हुँदैन, तर प्रयोग कुन नियतका, कसले र कुन हैसियतकाले गर्छन् भन्नेमा भर पर्छ । त्यसैअनुसार पार्टी वा स्वतन्त्रको परिचय र संस्कार बन्छ । जुन उद्देश्यका लागि जे बनेको हुन्छ, त्यही उद्देश्यमा प्रयोग गरिएन भने व्यवस्थालाई दोष नभै प्रयोगकर्तालाई जान्छ । नियत परिणामले देखाँउछ । पार्टी, संघ, संस्थाका सिद्धान्त अनुसार अगुवा र कार्यकर्ताहरू नचले  ती  ट्रेडमार्कमा मात्रै खुम्चिन्छन् ।
   संविधान कस्तो बन्यो भन्दा पनि लागुकर्ताको राजनीतिक संस्कृति र प्रतिवद्धता कस्तो छ त्यसै अनुसार राजनीतिक अभ्यास हुँदोरहेछ । जुन संवैधानिक स्पिरिट समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरियो, त्यसै अनुरूपै पार्टीहरूले राजनीतिक संस्कृति देखाउन नसक्दा त्यसको मर्म थेग्न सकेनन् ।
नयाँ दल र स्वतन्त्र प्रतिनिधिका कुरा  ०७९ को प्रतिनिधि सभा निर्वाचनमा सहभागी दलमध्ये  सदनमा १२ पार्टीको  उपस्थिति भयो । ३ नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, र नागरिक उन्मुक्ति पार्टीको सदन प्रवेसले भिन्नै अर्थ र महत्व राखे ।  निर्वाचित भएका पाँच स्वतन्त्र सांसदहरूमा अमेरशकुमार सिंह, प्रभु साह, लालवीर चौधरी, योगेन्द्र मण्डल र किरणकुमार साह छन् ।  चौधरी पछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरे ।
देशभर नगर प्रमुखका लागि कुल ३ हजार ४९९ जनाले उम्मेदवारी दिँदा १ हजार ३ सय ९३ जनाको स्वतन्त्र उम्मेदवारी थियो । गाउँपालिका अध्यक्षका २ हजार ३८७ मध्ये १ हजार ३२ जनाले स्वतन्त्र उम्मेदवारी थियो ।  उपमेयरमा २ हजार १५८ मध्य ३९६  स्वतन्त्र  थिए । उपाध्यक्षका लागि २ हजार ४०२ जनामा ३६४ स्वतन्त्र  थिए । वडाध्यक्षका ३५ हजार २६५ जनामा ५ हजार ८९७ स्वतन्त्र उम्मेदवारी दिए ।

नयाँ दलका आधार

 अन्यत्रका नजिर पनि नियालौँ । भारतमा २७ मे सन् १९९७ मा भारतीय जनता पार्टीका प्रधानमन्त्री अटल विहारी वाजपेयीको सरकार १३ दिनमै विश्वासको मत लिन नसक्दा ढलेपछी यचडी देवेगौडा प्रधानमन्त्री भए । ४६ सासंद मात्रै हुँदा १३ दलको समर्थनमा देवेगौडा प्रधानमन्त्री भएका हुन् । बेलायतमा एडवर्ड हीथले लिबरल पार्टीका नेता जेरम थोरपसँग सत्ता साझेदारीका विषयमा सहकार्य प्रयास गरे । हिथले सन् १९७४ फेब्रुअरी २८ मा चुनाव घोषणा गरेर बलियो सरकारको अपेक्षा थियो । तर हाउस अफ कमन्समा कुनै पनि दललाई बहुमत प्राप्त भएन, त्रिशङ्कु संसद् बन्यो । ब्रिटेनलाई युरोपियन इकोनमिक्समा लैजाने कन्जरभेटिभ हीथ सन् १९७०–१९७४ सम्म प्रधानमन्त्री थिए  ।
कुनै सविधान नभएको इजरायलको स्थापनादेखी नै कुनै एक दलले सरकार बनाउन सकेको छैन । १ सय २० सदस्य भएको सदनमा अझ अहिले गठबन्धनमा रहेको पार्टीका आर्यन डोरीका कारण विश्व युद्धमा संसार झाकिनु पर्दैछ । अमेरिका र पश्चिमा रणनैतिक साक्षेधार पिलिस्तिनी नरसंहारको मतियार बन्दैछन् ।
हाङ्ग पार्लियामेन्ट हुनु नै स्वतन्त्र वा नयाँ दलहरूको भाग्य, भविष्य र अस्तित्वको आधार हो । नेपालमै पहिला देउवा सरकार गिराउन शाह र शाही प्रकरण, एमालेको समिट होटल प्रकरण होस् वा राप्रपाका सांसदहरूको बैंकक भ्रमण इतिहासका कुरूप नजिर बनेका थिए । अझ राष्ट्रिय दल नभएपछि त सांसदहरू दल परिवर्तन गर्न गराउन सहज हुँदोरहेछ ।
नेतृत्वमा  स्वत्व  व्यक्तित्वको टकराब बनेर शत्रुतामा फेरिएपछि पार्टी फुटेर नयाँ दल बन्छन् ।
 चुनौति दिन सक्ने कार्यकर्तालाई नेतृत्व विकास हुन नदिएर स्थानीयमै सीमित पार्न खोजिन्छ । तब मतदातामा पुराना दलप्रति मोहभंग आफ्नै हैसियत देखाउन पनि स्वतन्त्र उम्मेदवार बन्न सक्छन्  । आफ्नैलाई विश्वास न गर्नु, आफ्नो सिद्धान्त, आचरण, आर्दश भर नपर्नु र पराईको भर परेर सत्तायात्रा गर्ने चाहना  गठबन्धनका आधार बन्छन् ।
क) पुराना दल प्रतिको जनतामा वितृष्णाको प्रतिकृया । नयाँबाट केही होलाकी भन्ने अपेक्षा हुन्छ ।
ख) दलभित्र योग्य, दक्ष र लोकप्रिय व्यक्तिको उचित मूल्यांकन नहुनु । राजनीतिक भविष्यको असुरक्षा ।
 ग) सिद्धान्त अनुसारका आदर्श नभएपछि स्थापित शक्तिप्रतिका प्रतिकृया । जब पुराना वा सिद्धान्तवादी पार्टी नीति, विचार र कार्यक्रम हुँदैन, गुट सक्रिय हुन्छन् वा भ्रष्टपथ राजनीतिको मूल चरित्र बन्छ, तब नयाँसँग आशा र अपेक्षा बढछन् । त्यसलाई महत्वकाङ्क्षाले उपयोग र उपभोग गर्छन् ।
  घ) जातीय र धार्मिक प्रतिनिधित्वको खोजी ।
  ङ) तुजुगको प्रदर्शन र पहिचानको खोजी ।
  च) प्रत्यक्ष निर्वाचित हुन नसकेपनि समानुपातिक मतले सदनमा पुग्ने अपेक्षा ।
छ) राजनीति व्यवसाय बनेपछि सदनमा एकाध सिट भएपनि ह्यँग पार्लियामेन्टमा सरकार बनाउन र गिराउने खेलको खेलाडी बन्न सक्ने चाहना ।
   ज) एकाध लोकप्रिय काम र स्थापित मुक्तिप्रतिको उग्र प्रतिकृयाले सामाजिक सञ्जाल वा मिडियाको कुशल व्यवस्थापनले नयाँ आधार तयार गर्नु  ।

कुरा स्वतन्त्र उम्मेदवारका

गुट मौलाएपछि योग्य, दक्ष, सक्षम  र लोकपृय उम्मेदवारको चयन नभै गुटियार र आफन्तले मौका पाँउछन् । त्यसको प्रतिकृया स्वतन्त्र उम्मेदवारका आधार बन्छन् । अझ कुनैदिन विचार, विवेक र सपना आन्दोलन र पार्टी बन्ने गथ्र्याे तर अहिले विवेकी, कार्यकर्ता बन्नै सक्दैनन् । प्रतिस्पर्धीसँग घृणालाई मलजल नगरी उत्तेजना पैदा हुँदैन । प्रतिकृया उत्पादन गर्ने घृणा शक्ति हो । उम्मेदवारीको चाहना, सके पार्टीबाट टिकट लिने, नसके अन्य पार्टीबाट लिने वा स्वतन्त्र लड्ने त्यो पनि नसके जित्न नभै हराउन उम्मेदवार बन्ने हुन्छ ।
–पार्टीहरूमा गुट, उपगुटको सक्रियता बढेपछि स्वाभिमानी र लोकप्रिय कार्यकर्ता पाखा लाग्छन् । पार्टीको उम्मेदवारी नपाएपछि विकल्प खोज्दा स्वतन्त्र उम्मेदवार बन्ने गर्छन् ।                              – सामाजिक पहिचानको भोक र इख जागेपछि
– म पनि केही हुँ भन्ने देखाउन पनि उम्मेदवारी दिइन्छ ।
– जिते राजनीतिक व्यवसाय हुन्छ नत्र सामाजिक क्षेत्रको नयाँ पहिचान बनाइन्छ ।
– शक्तिशाली प्रतिस्पर्धीको भोट कटाउन पनि डमी उम्मेदवार खडा गरिन्छन् । निर्वाचन आयोगले व्यवस्थापनको सीमालाई कायम गर्न मुख्य प्रतिस्पर्धीले डमी उम्मेदवारको साधन र स्रोत उपयोग गर्न पनिस्वतन्त्रका नाममा खडा गरिन्छ ।

 मतदाता मनोविज्ञान

नायक खलनायकमा फेरिएपछि वा राजनीतिक व्यवसायीको मैमत्तभाव मतदातामा निराशा बढाउँछ। मूलधारका राजनीतिक पार्टीमा आएको आदर्शको विघटन, मौलाएको भ्रष्टतन्त्र, परिवर्तनको प्रतिनिधित्व गर्न नसक्दा जनमत निरास हुन्छ । निराशाको प्रतिकृयामा स्वतन्त्र उम्मेदवार वा नयाँ पार्टीमा देख्न पुग्छन् । समाजमा पुरनाबाट वाक्क भएर नयाँ चाहना हुन्छ । विकल्पको खोजी हुन्छ ।
सामाजिक मनोभावका कारण आमूल परिवर्तनलाई पहिलो पटक एकाएक आत्मसात गर्न सक्दैन । सुरुमा बाध्यतावश गर्छन्, दोस्रोमा अभ्यस्त बन्दै जान्छन्, अन्तमा जीवन पद्धति बनाउन पुग्छन् । केही मान्छेहरू भने नयाँ कुरा सोच्नुपर्छ भन्ने सोच पनि राख्दैनन् । परम्परा भनेको यथास्थितिको सहज, सरल जीवन अभ्यास हो । मानव सभ्यताको विकास, धर्म र संस्कृति त्यसले पार्ने हाम्रो समाजिक विकास र असरबारे गम्भीर छलफल गर्न रुचाउँदैनन् ।
पुराना शक्तिले भने मन, वचन र कर्मले नयाँ कुरा स्वीकार्न नसकेर नयाँ राजनीतिक परिचयमा देखिन्छन् । पुराना सोच नयाँ आवरणमा सक्रिय हुन्छन् । सांस्कृतिक राष्ट्रवादको वैचारिक बन्छ ।
   निरपेक्ष स्वतन्त्र कोही हुँदैन । तर, विवेकले धारणा बनाएर पार्टीविहीन स्वतन्त्र नागरिक हुनु औधी कठिन हुन्छ ।  भीड बन्न सके पनि नागरिक बन्नु अझ औधी गाह्रो हुन्छ । व्यक्तित्वका पहिचान भोकले छटपटिएका किन यस समाजमा जन्मने भूमि पाँउछन ? त्यो परिवेश तयार कसरी हुन्छ ? अवस्था के हो ? ट्रिटमेन्ट के हो ? त्यसका उत्तेजनाका आधार के, के हुन ? के त्यसलाई गम्भीर तरिकाले विवेचन त्यसलाई गम्भीर विवेचन आवश्यक पर्छ । ऐतिहासिक र आन्दोलनले बनेका पार्टीहरूले सिद्धान्तको राजनीति सुविधाको राजनीतिलाई अभ्यास गर्न थालेपछि प्रतिकृयामा नयाँ पार्टी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation