महानगरकाे ज्यादती र न्यायीक लडाइँबारे

समय सधैंभरी एकनासको हुँदैन । यात्रा सोचेजस्तो पनि हुँदैन । उपलब्धि पनि त अपेक्षाकृत एकनासको कहाँ हुन्छ र ? यो समय निमुखा र पिँधका मानिसहरुको निम्ति सबैभन्दा चुनौतिपूर्ण छ । कसैलाई भोको पेटको पीडासँगै ओतको समस्या छ त कसैलाई ढाडिएका बढेमानका भुँडी र काला धनका बिटा कता लुकाउने भन्ने भ्याइनभ्याई छ । यहाँ इमान्दार र नैतिकवानको कुरा गर्नु भद्दा मजाकको विषय बनेको छ । सकारात्मक चिन्तन्, मनन् र आलोचनात्मक चेतको व्यापक खडेरी छ । पलभरको लोकप्रिय बन्ने अस्वस्थ प्रतिस्पर्धाको होडवाजीले जसरी हुन्छ अकुत धन आर्जन गर्नुपर्छ भन्ने दब्वु मानसिकता हावी हूँदा समाज भयानक अपराधको जालोमा फसेको छ । मानवीय मुल्यमान्यताहरु विसर्जन भएका छन् । यहाँ आप्mनै बुबाले छोरीलाई करणी गरिरहेको छ । दाजुभाउजु, दिदीबहिनी लगायत जघन्य नाताभित्रकै अपराधका श्रृंखलाको वयान गरी साध्य छैन ।

आजको समाजमा सबैभन्दा धेरै विक्रि हुने भनेको अकुत धन सम्पत्ति, छलछाम, षड्यन्त्र, दलाली र चाकडीका स्किमहरु मात्र हुन् । इमान र नैतिकता एकादेशको कथा जस्तै भएको छ । समाज÷सरकार हाँक्ने डनहरु कि त गजडी । गुण्डागर्दिका नाइके छन् कि कालो धन थुपारेर पैसाको आडबलमा सामाजिक, सांस्कृतिक र राजनैतिक वृत्तमा अपराध गरिरहेका छन् । समाज यस्तै अपराधिहरुको कुकृत्यमा तालि पिट्न विवश छ ।

श्रमजीवीहरु समस्याको चंगोलमा फसेर आत्महत्या गर्न बाध्य छन् । यसको मूल कारक तत्वको खोजीमा लाग्न कसैलाई चासो र चिन्ता छैन । अराजकहरुको भीडमा बदलिरहेको आजको समाजले आफूलाई गुलाम मानसिकताबाट माथि उठाउन नसकेपछि स्वाभिमानी समाजको निर्माण कसरी हुन्छ ? भावी पुस्तालाई कस्तो प्रकारको शिक्षा छोड्ने हो ? हरेक ढंगले विघटको संघारमा पुगेको सामाजिक धरातललाई माथि उकास्न नवीनतम् चेतनाको जागरण पैदा गर्नुको विकल्प छैन । जनता पिस्ने सत्ता उन्मादको जरो उखेल्न पिँधकै मान्छेहरुले आन्दोलनको ज्वारभाटाको विकास गर्न ढिला भइरकेको छ ।

आफूलाई राजा र जनलाई रैती ठान्ने सामन्तवादी शासकीय प्रवृत्तिलाई आगो नझोसी निमिट्यान्न पार्न नसकिने कुरा सर्वविदितै छ । हिजोआज यस्तो लाग्छ, सरकार सनकको भरमा चलाइरहेका छन् । सनकहरुले गर्ने विकास भनेको सामाजिक फासीवादबाहेक अरु केही हुँदैन । यहाँ काठमाडौँ महानगरको सन्की शासक बालेन्द्र शाह उर्फ ‘बालेन’ र उसको नांगो प्रहरी प्रशासनले ममाथि गरेको ज्यादतीको संक्षिप्त फेहरिस्त राख्ने कोसिस गरिएको छ ।
२०८० फागुन १६ गते काठमाडौंको सुन्धारामा महानगर प्रहरी नामक गुण्डाहरुबाट भएको बीभत्स हमलामा संयोगले बाँचियो ।

यसो भनौँ, घटनाको अन्तिम प्रहरमा नेपाल प्रहरीको साथ र उद्धार नभएको भए यी शब्द र तस्बीर सदाको लागि त्यसै दिनदेखि अन्त्य हुन्थे ।
महानगरका गुण्डाहरुको पञ्जाबाट मेरो अर्धबेहोस शरीरलाई उठाएर राष्ट्रिय ट्रमा सेन्टरमा पु¥याइदिने नेपाल प्रहरीलाई स्यालुट छ । रक्तमुछेल घाइते अवस्थामा पैसा नभएकै कारणले उपचार निकै ढिलो भयो । केही छैन, संयोगले बाँचियो । ढिलै भएपनि उपचारको बिलिङ गरिदिने साथीभाइ र आफन्तहरुमा म ऋणी नै छुँ । बील भुक्तान भएपछि मेरो उपचारमा सहभागी राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरुमा धेरै–धेरै धन्यवाद । यसो त मैले ३२ वर्षे जीवनकालमा पारिवारीक, सामाजिक, राजनीतिक, आर्थिक लगायतका कैयौं कठिन मोडहरुलाई कुसलतापूर्वक पार गर्दै आइरहेको नै छुँ ।

के भएको थियो सुन्धारामा ?
यसो त बिरानो काठमाडौंमा मेरो धेरै आउजाउ छैन् पछिल्ला वर्षहरुमा । पत्रिका तथा अनलाइनको केही संस्थागत काम र स्वास्थ्य चेकजाँचको सिलसीलामा फागुन ६ गते काठमाडौं निस्केको म सबै काम सकेर १६ गते नै रात्री बसमा घोराही जाने तयारी थियो । म १० दिनको काठमाण्डौं बसाइ सकेर कर्मथलो दाङ फर्कने तयारीको लागि केही सरसामान किन्न न्युरोड बजार घुमे । कार्यालय प्रयोजनको लागि एक थान ल्यापटप किनेसँगै परिवारको लागि केही लत्ताकपडा, गुदपाक–पुष्टकारी तथा फलफूल गरि झन्डै ११ हजारको सामान ठिक्क पारेँ । साथमै थियो क्यानन सिक्स डी–मार्क टु क्यामेरा पनि । किनेको सरसामान, क्यामेरा, झोला आदि वस्तुहरु राम्रोसँग व्यवस्थित गर्न पाएको पनि थिएनं ।
म सोहिदिन साढे आठ बजेको रात्री बसमा घोराही जानको कलंकीबाट बस चढ्ने गाडी स्टाफसँगको सल्लाह बमोजिम सुन्धारा अगाडि पठाओको लागि कुराकानी हुँदै गर्दा एकहुल फुटपाथ व्यवसायी सुन्धारा चोकमा जम्मा हुन्छन् । फुटपाथ व्यवसाय गर्न नदिने महानगरको निर्णय बमोजिम झण्डै १ सयको हाराहारीमा रहेको प्रहरीले व्यवसायीमाथि लाठी बजार्न सुरु गर्छ । प्रहरीले फुटपाथ व्यवसायीलाई निर्घात कुटिरहँदा मैले प्रेस परिचयपत्र भिरेर अलिक टाढाबाट रिपोर्टिङ गरिरहेको थिएँ । एक प्रहरीले तपाईं पत्रकार हो र ? भनेर सोधे । मैले भनें, हो नि । फेरी प्रहरीले सोधे, कार्ड छ ? यी त गलामा भिरेको छुँ नि । मैले भने । प्रहरी ठिक छ भन्दै किनारा लाग्यो । यति सवाल भएपछि म थप ढुक्क भएर घटनाको अपडेट लिइरहेँ । जब म पत्रकार भएको आधिकारीक जानकारी प्रहरीलाई भयो अकस्मात् एक दर्जन बढी प्रहरी दौडिएर मलाई एक्कासि आक्रमण गर्छ । एक दर्जको हुलमा क्रमशः थपिँदै सबैजसो प्रहरीले ममाथि लाठीचार्ज, इटा, ढुङ्गा, मुक्का र बुट बजार्दै लछारपछार गर्छन् र मोबाईल, क्यामेरा, ल्यापटप आदि सबै सामान रहेको झोला अन्धाधुन्ध फ्याक्दै झण्डै ४ मिनेटसम्म कुट्छन् । पहिलो आक्रमणमा मेरो दायाँ खुट्टामा असाध्यै चोट परेपछि चलमल नै गराउन नसकिने भयो । जसोतसो उम्किएर ज्यान जोगाउनुपर्छ भनेर बामे सर्दै न्युरोड बजारको गेटनेर पुग्दै गर्दा बजारवासी र बटुवाहरुले मलाई बचाउन खोज्छन् तर निर्दयी प्रहरीले मलाई बचाउने प्रयत्न गर्नेहरुलाई पनि लाठी बर्साउँदै पुन कुटपिट र लछारपछार गर्दै घिसारेर महानगरको गाडीमा कुनै निर्जीव वस्तुजस्तै फ्याँक्छन् ।

महानगरको ट्रकमा हुत्याउँदा मेरो टाउको बेस्सरी ट्रकको टायरमा ठोकियो । त्यहीबेला मसँग भएका दुईवटा झोला भुँइमा खसेको प्रष्ट देखिन्छ । त्यस उप्रान्त महत्वपूर्ण सामाग्री भएका उक्त झोला कहाँ छन् हालसम्म कुनै अत्तोपत्तो छैन ।
सुरुमा ममाथि आक्रमण गर्न खोज्दा म पत्रकार हो, हेर्नुस्, प्रेस परिचयपत्र पनि भिरेको छुँ, भनेपछि १० सेकेण्ड जति पछि हटेको प्रहरी पुनः ममाथि जाइलाग्यो ।

फेरीपनि ममाथि आक्रमण नगर्नुस्, म त यहाँ बसेर रिपोर्टिङ गर्ने पत्रकार पनि होइन । मलाई दाङ जान ढिला भएको छ भनेर पटकपटक अनुनयवीनय गरेँ तर, त्यो क्रुर जत्थाले ममाथि निर्घात कुटपिट गरिनैरह्यो । त्यसपछि ट्रकमा चढेका सबैले ममाथि निर्घात कुटपिट गर्दै गुडिरहेको ट्रकबाट फ्याँक्ने धम्की दिँदै उचाल्छन । अर्धबेहोस अवस्थामा रहेको सञ्चारकर्मीकोे त्यो प्रहरी जत्थाले न कुनै अनुनयवीनय सुन्थ्यो, न त कुनै दयाभाव नै देखाउँथ्यो ।

कैयौं सामान हुलमै गुमाइसकेको मलाई ज्यान कसरी जोगाउने भन्ने सकस भयो । भयो कस्तोसम्म भने आततायी महानगर प्रहरी नामका गुण्डाहरुमध्य सबैभन्दा कम कसले कुट्छ, अथवा अलि सुस्त कसले हिर्काइरहेको छ उसैतिर लुप्किएर जोगिनुपर्ने भयो । लगातार निर्दयी ढंगले कुट्दै ‘तलाई मारेर डम्पीङ साइडमा पुर्ने हो, हाम्रो विरुद्ध सबैैभन्दा बढी मिडियाबाजी गर्ने पत्रकार तैँ होस्, अब मर्छस, अन्तिम इच्छा के छ ?’ भन्दै घाँटी अठ्याएर स्वास फेर्न समेत नदिने अवस्थामा कुट्दै–कुट्दै प्रहरी परिसर टेकु लैजान्छन् । रक्तमुछेल अवस्थाबाट म गाडीबाट झर्ने अवस्था नभएपछि ति गुण्डाहरुले गलहत्याएर भुँइमा घचड्छन् र फेरी कुट्दै गर्दा नेपाल प्रहरी त्यहाँ आइपुग्छ । नेपाल प्रहरीको डिएसपी हरि खतिवडाको प्रहरी टोलीले यसरी मानिस पक्राउ र कुटपिट गर्ने अधिकार कसले दियो तिमीहरुलाई ? भन्दै नगर प्रहरीलाई हप्काउँदा सबै नाजबाफ हुन्छन् । व्यवसायी र पत्रकारलाई एउटै ट्रकमा कोचेर कुट्दै महानगर पु¥याएका महानगर प्रहरी कमान्डर एसपी मनोज लामिछाने नेपाल प्रहरीका डिएसपीले हप्काउँदै केरकार गर्न खोज्दा रन्थनिएर फरार हुन्छन् ।
महानगर प्रहरीको ज्यादती र लुटपाटबाट हारथाक भएका फुटपाथ व्यवसायी प्रतिरोधमा उत्रदैँ वरपर भेटिएका ढुङ्गा मुढा बर्साउन खोज्छन् ।

झण्डै सयकै हाराहारीमा रहेका फुटपाथ व्ययवसायी प्रहरीको लाठीचार्ज र निर्घात कुटपिटबाट ५ जना बढी गम्भीर घाइते हुन्छन् भने दुई प्रहरी पनि घाइते हुन्छन् । मसहित महानगरको ट्रकमा अमानवीय ढंगले फ्याँकेर घाइते मानिसलाई तुरुन्तै उपचारको लागि अस्पताल लैजानुको सट्टा गाडीमा निर्घात कुटपिट र चरम यातना दिँदै काठमाडौं उपत्यका परिक्रमा गराइन्छ तर संयोगले नेपाल प्रहरीले सो घटना थाहा पाएपछि राष्ट्रिय ट्रमा सेन्टरमा लैजान्छ । चेकजाँच र उपचारपछि गम्भीर खतराबाट मुक्त भएको चिकित्सकको सुझाव आयो । अर्कोदिन औषधी बोकी खुट्टामा बेल्ट लगाएर आफन्तको सहयोगमा विशालनगरतिर निस्कियौँ । कुटपिटबाट थिलथिलो परेको शरीरभरी निलडामसँगै दायाँ खुट्टको लिगामेन्ट च्यातिएको÷फाटेकोले चिकित्सकले एक महिनासम्म हिड्डुल र अन्य कुनैपनि काम गर्न नहुने सुझाव दिएर पठाएका थिए । तर त्यो सम्भव कहाँ पो थियो र हामी श्रमजीवीलाई । शरीरले जुनखाले आराम र खानपिन गर्नुपर्दथ्यो त्यो एक हप्तासम्म पनि सम्भव भएन । घाइते अवस्थाबाट १८ दिनपछि मात्र मोवाइल फोन प्राप्त हुँदा कैयौँ महत्वपूर्ण कामहरु लथालिङग भए । घरपरिवार र आफन्तसँगको सम्पर्क शुन्यप्राय भयो ।

यावत् प्रकारका जटिल खुड्किला र हण्डरहरुबाट मैले कत्ति हरेस खाएको छैन, परन्तु खारिएको छुँ । तर महानगर प्रहरी नामका गुण्डाहरुको क्रुर हमलाले शरीरका विभिन्न भागमा मासु, नसा तथा हड्डीमा गम्भीर चोटपटक लाग्यो । मासु च्यात्तियो÷फाट्यो । टाउको र शरीरभरि अहिलेसम्म अनगिन्ती चोट र निलडामहरु छन् । मसल दुखाइले मलाई जीवनभर पिरोलिरहने छ । बिनाकारण भएको यो सांघातिक आक्रमणको पीडा आजीवन बोक्नपर्ने त छँदैछ । उता श्रम गरिखाने अवसर पनि अब त्यति सहज रहेन । काठमाडौंको बिरानो शहरमा कुटिएर सर्वश्व लुटिएपछि ३ दिनसम्म हिड्डुल गर्ने अवस्था रहेन । यद्यपि नेपाल पत्रकार महासघ, श्रमजीवी पत्रकार संघसहित विभिन्न सञ्चार माध्ययम तथा सम्बद्ध अधिकारीहरुले यो घटनाको विषयमा गम्भीर आपत्ति जनाउँदै न्यायको निम्ति महानगरलाई प्रेस विज्ञप्ति मार्फत खवरदारी गरिनैरहेका थिए ।
यावत समस्याबिच यसपटकको आर्थिक समस्याले यो बिरानो शहरमा निकै रन्थनायो ।

सधैं निमुखा र पिँधका जनहरुका यस्तै जटिल समस्याको उठान र समाधानमा कस्सिने जमर्काे गरिरहन मन लाग्छ । तर, यसपालि भने आफ्नै शारीरिक, मानसिक र आर्थिक पक्षका त्रिकोणात्मक नाजुक अवस्थाबाट गुज्रिएको छुँ । जीवनको यो अवधिसम्मा आर्थिक अवस्थाले यतिबिघ्न निरीह बनायो कि, मलाई अनिवार्य चाहिने बैसाखी किन्न सकिएन । थप उपचारको फ्लोअप, चेकजाँच र औषधि लिनुपर्ने समय टार्न बाध्य बनायो । यसले पनि मलाई दिर्घकालिन रुपमा असर त गर्नेनै छ । हिड्डुल गर्न र यातायातका साधनका प्रयोग तथा खानपिनका कैयौँ जटिल किस्साहरु त के पस्किनु र ? म यो कठीन समयलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछुँ ।

किनकि मैले नयाँ जीवन त प्राप्त गरेको छुँ नि । कम्तीमा बाँच्न त पाएको छुँ । ती जल्दादहरुले त निमोठेर मार्नै खोजेका थिए ! अकारण ममाथि निर्घात कुटपिट गरी महानगरकै गाडीमा राखेर कुट्दै कुट्दै काठमाण्डौं महानगरसम्म लगिएको थियो ।
महानगर प्रहरीले कुटपिट र लुटपाट गरी निशस्त्र बनेपछि संयोगले नेपाल प्रहरीले सुरक्षा प्रदान गरेको हो । सुन्धाराबाट महानगर परिसर जाँदासम्म बाँकी सबै सामान नगर प्रहरीले एक–एक गरी च्यातचुत र तोडफोड गरी गाडीबाट बाहिर फ्याकिदियो । मलाई पनि मार्नेगरी घाँटी अठ्याउँदै गुडिरहेको गाडीबाट फ्याँक्न खोज्दा अपवादका केही प्रहरी जवानले रोकेका थिए । दायाँ खुट्टामा गम्भीर चोट लागेको मेरो शरीरभरी निलडाम र चोटपटक छन् ।

नाक र मुखबाट रगत बगिरहेको स्थितिमा नेपाल प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको लागि लगेको थियो । प्रहरीको कुटपिटबाट अन्य ५ जना फुटपाथ व्यवसायी र दुई जना महानगरका प्रहरी पनि गम्भीर घाइते भएको थिए । गम्भीर घाईते अवस्थाका बिरामीबाहेक सबैको उपचार भएर घरतिर फर्किए तर मसँग पैसा नभएको कारणले उपचार सबैभन्दा पछि भयो, जतिबेला मेरा आफन्तहरु प्रेम न्यौपाने, भुमा पोख्रेल, सरोज न्यौपाने र हरि भण्डारीहरु आइपुगेर (भुक्तानी) बिलिङ गरिदिए ।

मसँग भएको ल्यापटप, क्यामेरा, मोबाइल, लत्ताकपडा, फलफूल, क्यामेरा ब्याग लगायत झण्डै ४ लाखको सामग्री महानगर प्रहरीले जफत गरेको छ । मैले कानुनबमोजिम कारबाही र क्षतिपूर्तिको लागि सम्बद्ध सबैमा अपिल गरेको पनि छुँ । महानगरका गुण्डाहरुले गरेको विभत्स हमला, कुटपिट, लुटपाट र धरपकट मेरो समग्र जीवन र पत्रकारीता यात्राको निकै भयावह र कहालीलाग्दो घटना भयो ।

विगत १३ वर्षदेखि सञ्चार क्षेत्रमा क्रियाशील म विगत लामो समयदेखि नेपाल पत्रकार महासंघ प्यूठानका क्रियाशील सदस्य हुँ भने विगत ४ वर्षदेखि प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादकको रुपमा काम गरिरहेको छुँ ।

कानुनी उपचार र दबाबको प्रक्रिया
महानगर प्रहरीले कुनपनि सर्वसाधारणलाई कुटपिट र गिरफ्तारी गर्ने अधिकार दिएको छैन । उनीहरुले सामान्यतयाः उत्पन्न समस्याको विषयमा सौहाद्र छलफल गर्ने, सम्झाइबुझाई गर्ने र स्थिति नियन्त्रणमा आउन नसके नेपाल प्रहरीलाई खबर गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । तर बालेनको फौजले उक्त कार्यविधि लत्याउँदै माइकिङ तथा बल प्रयोग गर्नुपर्ने स्थितिको जानकारी नगराई मरणासन्न हुनेगरी कुटपिट, धरपकट गरेको हो । महानगर प्रहरीले ममाथि गरेको सांघातिक हमला, कुटपिट र लुटपाटको विषयमा नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संगठनले फागुन २० गते पुनः ध्यानाकर्षण गराए । सँगसँगै मैले पनि न्याय तथा क्षतिपूर्तिको लागि प्रदीप परियारसामु उजुरी पेस गरें । सो घटना भएको पाँचौ दिनमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, केन्द्रीय सदस्य सुशील पोख्रेल र भवानी पाण्डे तथा श्रमजीवी पत्रकार संगठनका अध्यक्ष जन्मदेव जैसी, चमन कोइराला, भरत मालाकार, प्रेम न्यौपाने र सरोज न्यौपानेको संयुक्त टोलीले महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप
परियारलाई ध्यानाकर्षण गराएको थियो ।
श्रमजीवी पत्रकार संगठनको ध्यानाकर्षण पत्र र मैले लेखेको उजुरी निवेदन बुझ्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले अप्रत्याशित सो घटनाले आफू निकै दुखित भएको बताउँदै नगर प्रहरीबाट पत्रकारमाथि भएको ज्यादतीका विषयमा सुरक्षाकर्मीसँग थप स्पस्टिकरण मागिने बताएका थिए ।

उनले १६ गतेको घटना र त्यसपछिका परिस्थितिले गम्भीर परिवेश निर्माण भएको स्विकार्दै आगामी दिनमा महानगर प्रहरीबाट त्यसो हुन नदिने र उल्लेखित माग तथा मुद्दाउपर महानगर प्रमुख बालेन्द्र शाहसँग थप सल्लाह गरेर विषयवस्तुको छिट्टै सम्बोधन गरिने प्रतिबद्धता पनि जनाएका थिए । साथै घटनाको सातौँ दिनमा राष्ट्रिय मानव अधिकार आयोगमा पनि सोहीबमोजिमाको उजुरी दर्ता गरिएको छ । बाटोमा हिंडिरहेको एउटा निहथ्था संचारकर्मीमाथि महानगरको प्रहरी बलले गरेको सांघातिक हमला, कुटपिट, धरपकट र गिरफ्तारीको जति निन्दा गरेपनि कम हुन्छ । निम्न चार बुँदे माग राखि मैले महानगर प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारसामु त्यहाँको न्यायीक समितिमा घटनाको पाँचौं दिनमा उजुरी निवेदन दिएको थिएं
१. कर्मथलो दाङ जाने टिकट लिएर संयोगले सो भीडमा पुगेर रिपोर्टिङ गरिरहेको अवस्थामा म प्रेस परिचयपत्र भिरेको र म पत्रकार हो, ममाथि हातपात नगर्नुस् भनेर पटकपटक विनम्र अनुरोध गरेर त्यहाँबाट उम्किन खोज्दा पनि एक दर्जन बढी महानगर प्ररहरीले मलाई नियन्त्रणमा लिएर लगातार कुटपिट र लुटपाट गर्नुको कारण स्पष्ट पार्न अनुरोध छ ।

२. मलाई नियन्त्रणमा लिएर पनि प्रहरी परिसर त्रिपुरेश्वर पुग्दासमम गाडीमा लगातार ज्यान मार्ने उदेश्यले गरेको निर्मम कुटपिटमा संगलग्न नगर प्रहरीलाई कानुनबमोजिम कडा कारबाहीको माग गर्दछुँ ।
३. साथै लुटिएका÷ खोसिएका सम्पूर्ण सामाग्रीको ससम्मान फिर्ता, अनाहकमा भएको अमानवीय कुटपिटबाट लागेको चोटपटकको सम्पूर्ण उपचार खर्च प्राप्तिको लागि जोडदार माग गर्दछुँ ।
४. महानगरपालिकाले प्रेस जगतलाई भयरहित ढंगले पत्रकारीता गर्ने वातावरणको ज्ञारेन्टीको र आगामी दिनमा प्रेस जगत तथा पत्रकारहरुमाथि आक्रमण कदापि नगर्ने प्रतिबद्धता

संघर्ष र सहमति
महानगरको प्रहरी कुटपिटबाट घाइते भएपछि मेरो सुरक्षा र न्याय प्राप्ति र समग्र प्रेस जगतको न्यायका लागि श्रमजीवी पत्रकार संघको अगुवाइमा एक हप्ता राष्ट्रिय सभागृहमा रिले अनसन भयो । चैतमासको टन्टलापूर खडेरी र हावा हुण्डरीको कुनै प्रवाह नगरी घाइते शरीर बोकेर थालिएको रिले अनसनमा विभिन्न मिडिया र संवद्ध संस्थाहरुमा आवद्ध सञ्चारकमी, मानव अधिकारकर्मी तथा महानरको शासकीय दादागिरीको जाँतोमुनि पिल्सिएका सयौँ साथीहरुले ऐक्यवद्धतासहितको साथ, सहयोग, हौसला र प्रेरणा प्रदान गरे । निर्लज्ज प्रशासनलाई अनेक कोणबाट विरोध, आक्रोश पोखे । घटनाको साताैं दिनमा मैले घटनाकाे सम्पूर्ण विवरण सहित राष्ट्रिय मानवअधिकार आयाेगमा पनि उजुरी दिइसकेको थिएँ ।

अन्ततः महनगरले वार्तामा बोलाएर घटनाको छानवीन तथा क्षतिपूर्ति उपलब्ध गराउन प्रतिबद्ध भयो । मसहितको उपस्थितिमा राष्ट्रिय सभागृहको गेटमा रिले अससन गरिएको थियो । सोही संघर्षकै दबाबबीच काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रशासन प्रमुख दीपक अधिकारी, सुरक्षा प्रमुख राजु पाण्डे, तथ पीडितको तर्फबाट संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसी, पदम प्रसाद पोख्रेल (पीडित), प्रेम न्यौपाने, भरत आचार्य र अधिवक्ता युवराज सफलको उपस्थितिमा महानगरमा संयुक्त छलफल भयो ।

सहमति अनुसार सो घटनाको छानवीन गर्न महानगर प्रशासन विभागका प्रमुख दीपक अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानवीन समिति बनेको छ । सो समितिले शुक्रबारसम्म न्यायीक प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भयो । डिस्प्ले फुटेको अवस्थामा मोबाइल प्राप्त भो ।

पोसिलो खानपिन र उचित स्याहारसुसार पाउनुको सट्टा अस्तव्यस्त केन्द्रीय राजधानीमा चर्काे खडेरी र हावाहुरीको हुण्डरीबीच गम्भीर घाइते शरीर बोकेर श्रमजीवी पत्रकार संघको अगुवाइमा थालिएको रिले अनसनको छैठौं दिनपछि बालेन प्रशासनले वार्तामा बोलाएर सहमति भएपछि तत्काललाई संघर्षका कार्यक्रम फिर्ता भए । घाइते शरीर बोकेर टन्टलापुर खडेरीमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म थालिएको रिले अनसनमा साथ, सहयोग र ऐक्यबद्धता जाहेर गर्ने सम्पूर्ण साहित्यकार, मानव अधिकारकर्मीहरु, कानुन व्यवसायी, आफन्त तथा महानगरको ज्यादती विरुद्ध एकताबद्ध भएर हौसला प्रदान गर्नुहुने सम्पूर्ण आफन्तजनहरुमा धन्यवाद छ । यो न्याय प्राप्तिको लडाइँमा साथ, सहयोग, हौसला, सुझाव, प्रश्न÷प्रतिप्रश्न एवम् ऐक्यबद्धता जाहेर गर्ने सम्पूर्ण सञ्चार माध्ययम र त्यसमा आवद्ध सञ्चारकर्मीहरुमा धेरै धन्यवाद छ, यद्यपि न्यायको लडाईं सकिएको छैन ।

प्रहरी कार्यालय परिसर टेकुमा हालिएको जाहेरी दरखास्तको दर्ता नगरी नेपालको प्रहरी प्रशासनले पनि बालेनको सत्ताको भक्तिभाव देखाएको छ । मानव अधिकार आयोगमा पेस गसिएको जाहेरी अनुसन्धानकै क्रममा छ । कुख्यात अपराधी एसपी मनोज लामिछाने नेतृत्वको अपराधिक समूह विरुद्ध कानुनी उपचारको लागि सरकारी वकिल कार्यालय र जिल्ला अदालत काठमाडौँमा पनि पुगेको छ । मैले कुटपिट र लुटपिट सम्मबन्धि मुद्दाको कारबाहीको लागि मुद्दा दिएको छुँ र याे पनि कारबाहीको प्रक्रियामा मै छ ।

पत्रकार महासंघको निरिहता
महानगरका प्रहरी गुण्डाहरुबाट ममाथि यतिबिघ्न अपराध भएर घाइते शरीर बोकेर अनसन बस्दा पनि महानगरपालिका रमिते हुनु त स्वभाविकै थियो तर नेपाल पत्रकार महासंघले पनि अनपेक्षित उदासीनता देखाउँदा न्याय निरुपणको काम झनै अन्योलमा प¥यो । त्यतिमात्र कहाँ हो र ? अनसनको चौथो दिनमै महानगर वार्ता र समाधानको लागि तयार भएर श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी र प्रेम न्यौपाने तथा महानगरको प्रशासन प्रमुख दीपक अधिकारीबीच वार्ता भई सहमतिको अन्तिम खाका तयार भएको बेला पत्रकार महासंघ नामका विचौलिया प्रतिनिधि पात्रहरुले प्रहरी एसएसपी राजुनाथ पाण्डेसँग वार्ताको नाटक मञ्चन गरी निकास अड्काउँदा थप दुई दिन संघर्ष गर्न बाध्य भइयो । महासंघले महानगरको यत्रो अत्याचारको विरुद्ध एउटा विज्ञप्तिको खोस्टो निकालेर चुपचाप बस्नु गम्भीर सहस्यमय मात्रै होइन अब उप्रान्त महासंघमा रहनु र सदस्यताको नवीकरण गर्नुको कुनै औचित्य रहेन ।

संघर्षको अगुवाई गरिरहेको संस्था र स्वम् म पीडितसँग कुनै सल्लाह नगरी चोर बाटोबाट प्रहरी प्रशासनसँग छलफल गर्नु घटनाको बार्गेनिङबाहेक अरु केही हुन सक्छ ? यदि पत्रकार महासंघले निष्पक्षता देखाएको भए घाइते शरीर बोकेर थालिएको अनसनम ऐक्यवद्धता जनाउन सक्ने थिएन ? घटनाको उठान गरेपछि त्यसको समाधान पनि गर्नुपर्छ भन्ने सामान्य ज्ञान पनि महासंघका पदाधिकारीहरुमा नहुनु निकै खेदजनक विषय हो । दलीय रुपमा म कुनै पनि पार्टीको झोले नहुनुको मौका छोपेर मलाई जसरी अन्याय गरेको छ आवश्यक परे मेरो केसमा भएको महासंघको उदासीनता र लापरबाहीका किस्साहरु क्रमशः पस्कने छुँ ।

निशस्त्र सञ्चारकर्मीलाई एसपी मनोज लामिछाने नेतृत्वको नगर प्रहरीले ज्यान मार्ने उदेश्यले लगातार अमानवीय ढंगले कुटपिट र लछारपछार गर्दाे ५० हजारको (ष्ठ डतज ीबउतयउरमभिि mयगकभ) ल्यापटप, २ लाख ८० हजारको क्यामेरा, मोबाइल , प्रेस परिचयपत्र र झण्डै ७ हजार बढीको झोलासमेत खोसिएको थियो भने घरायसी प्रयोजनको लागि किनिएको रु ८ हजारको लत्ताकपडा, २ हजारको मिठाईजन्य पदार्थ र १ हजारको फलफूलजन्य वस्तुपनिे लुटिएको थियो ।

यो ज्यादती र लुटपाटमा महानगरको आश्वासन र उदासीनताका कारण पहिलो चरणको ४५ दिनसम्मको न्यायीक लडाइँको सिलसिलामा झण्डै ५० हजार बढि रकम खानपिन, बसाइ र यातायातमा अर्च भएको छ भने १५ हजार बढिको उपचार खर्च भएको छ । घटनाको १९ औँ दिनमा उक्त सामाग्रीमध्य मोबाइल डिस्प्ले फोरिएको अवस्थामा प्राप्त भएको छ तर हाम्रो मिडियाका अन्य सञ्चार सामग्री र घरायसी सरसामानको हालसम्म पनि कुनै अत्तोपत्तो छैन् ।

अन्त्यमा
मेरा सबै सञ्चार सामाग्री काठमाडौं महानगरका गुण्डाहरुले लुटेपनि, यो समयमा ममाथि परेको बज्रपातमा कैयौं तप्काले खुच्चिङ मारेपनि, नेपाल पत्रकार संघ अप्रत्यासीत रमिते बनेपनि, मानवअधिकारकर्मी नामका डलरवादीहरु कानमा तेल हालेर बसेपनि, महानगरको राजशाही कार्यपालिका र उत्ताउलो प्रशासनको कान, आँखा, मुख र दिमागमा प्राणघातक रोगका किटाणुहरुको गम्भीर रोगको संक्रमण भएपनि कुनैपनि हालतमा न्यायको आवाज बन्द हुनेछैन । लडाइँ जीवन प्रयन्त जारी रहने छ ! यो क्रुर अन्यायको विरुद्ध न्यायको आवाज बुलन्द गर्ने श्रमजीवी पत्रकार संघ र त्यसका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीप्रति निकै आभारी छुँ । घटनाको अर्काेदिन सञ्चारमाध्यममा मेरो पीडा र आक्रोसहितको खास विषयवस्तु राख्ने अवसर प्रदान गर्ने लालिगुराँस मिडिया तथा त्यसका संचालक कमल सरगमलाई साधुवाद छ । जसले आफ्नो मिडियाको अलावा दर्जन बढि संचारमाध्यम र डेढ दर्जन सञ्चारकर्मीको बीचमा घटना विवरण राख्ने संयोग मिलाएका थिए । यो संकटको समयमा मलाई साथ र सहयो प्रदान गर्ने श्रमजीवी पत्रकार संघ, यस विषयलाई अन्तराष्ट्रिय फोरमहरुमा प¥याएर सहयोग गर्ने मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, अमेरिकास्थित पत्रकारहरुको सुरक्षामा काम गर्ने संस्था पत्रकार संरक्षण समिति
(ऋएव्) अन्य सम्पूर्ण सञ्चार मध्ययम तथा पत्रकार मित्रहरु सबैलाई एकमुष्ट धन्यवाद छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation