विपन्न विद्यार्थीलाई कालिमाटीले दियाे शैक्षिक सामाग्री

सल्यानकाे कालिमाटी गाउँपालिकाले विपन्न र असहाय विद्यार्थीहरु निशुल्क रुपमा शैक्षिक सामाग्री वितरण गरेकाे छ । पालिका भित्र रहेका सबै विद्यालयका अनाथ, असहाय र अति विपन्न वर्गका विद्यार्थीहरु छनाेट गरी सामाग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताए ।

शुक्रबार पायक पर्ने विद्यार्थीलाई पालिकामा बाेलाएर कापीकलम, झाेला र विद्यालय पाेशाक गरी प्रति विद्यार्थी झन्डै दुई हजारका दरले सामाग्री हस्तान्तरण गरिएकाे प्रमुख प्रशासकीय अधिकुत कृष्णप्रसाद पाैड्यालले बताए ।

पालिकामा आयाेजित सामाग्री हस्तान्तरण कार्यक्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत पाैड्यालले अभावमा रहेका असहाय र विपन्न विद्यार्थीलाई पठनपाठनमा सहज हाेस् र पढ्नकाे निम्ति सरकारले सक्दाे सहयोग पनि गर्दाेरहेछ भन्ने प्रेरणा विद्यार्थीमा पैदा गर्न साे कार्यक्रम गरिएको बताए ।

चालू आर्थिक वर्षमा पालिकाभित्रका २ सय विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिने र याे कार्यक्रम हरेक वर्ष निरन्तर गरिने अध्यक्ष केसीले बताए ।

शुक्रबार ९३ जना विद्यार्थीलाई सामाग्री प्रदान गरिएको छ भने बाँकी सबै विद्यार्थीलाई वडाहरुकाे सहजीकरणमा वडापालिकामा शैक्षिक सामाग्री वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation