वेस्ट इन्डिजसँग युगान्डा १३४ रनले पराजित

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराएको छ।
गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा भएको खेलमा १७४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको युगान्डाले ३९ रनमात्र बनाउन सक्यो।  युगान्डाका जुमा मियागीको १३ रन नै सर्वाधिक रह्यो। जुमा बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

युगान्डालाई सस्तैमा समेट्न अकिल हुसेनले ५ तथा अल्जारी जोसेफले २ विकेट लिए।

त्यस अघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो।  वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले सर्वाधिक ४४ रन बनाए। रोभमन पावलले २३ रनको योगदान गर्दा निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए। यस्तै आन्द्रे रसेल ३० रनमा नटआउट रहे। युगान्डाका बसिन मासाबाले २ विकेट लिए।

समूह सीमा रहको  वेस्ट इन्डिज लगातार दुई खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दुई पटकको विश्व विजेता वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेको थियो।

त्यस्तै युगान्डाले भने  तीन २ मध्ये एक जित निकालेको छ। युगान्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा पिएनजीमाथि ऐतिहासिक जित हासिल गरेको थियो।

त्यस्तै आज दोस्रो खेल समूह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुँदै छ। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८  बजेदेखि शुरु हुने छ।

आजै तेस्रो खेल समुह बी अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुदै छ। एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा १० बजेदेखि शुरु हुने छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation