आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को तेस्रो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ।
ब्रिजटाउनको किंग्स्टन ओभल स्टेडियममा भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३४ रन मात्र बनाउन सक्यो।
अफगानिस्तानका लागि अजमातुल्लाह उमरजाईले २६, नजिबुल्लाह जद्रानले १९, गुलबदिन नायबले १७ र मोहम्मद नाबीले १४, नूर अहमदले १२ र रहमानउल्लाह गुरबाजले ११ रन बनाए।
बलिङतर्फ भारतका लागि जसप्रित बुमराहले ३, अर्शदीप सिंह र कुलदीप यादवले समान २-२ तथा हार्दिक पाण्डेय र अक्षर पटेले समान १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो। भारतका लागि हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४, रिषभ पन्तले २०‚ अक्षर पटेलले १२ र शिवम दुबेले १० रन बनाए।
बलिङतर्फ अफगानिस्तानका कप्तान राशिद खान र फजलहक फारुकीले ३-३ तथा नविन उल हकले १ विकेट लिए। प्रतियोगिता अन्तरगत आज बंगलादेश र अष्ट्रेलियाबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार विहान सवा ६ बजे सुरु हुनेछ।