Pranmancha

Advertisment

SKIP THIS

दक्षिण अफ्रिकासामु निरीह अफगानिस्तान, ५६ रनमा अल आउट

अफगानिस्तानले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल दक्षिण अफ्रिकालाई आफ्नो इतिहासमै पहिलो पटक फाइनलमा पुग्न मात्रै ५७ रनको सामान्य लक्ष्य दिएको छ ।

बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भयो । पहिलो पटक सेमिफाइनल खेलेको अफगानिस्तान दक्षिण अफ्रिका तीव्र गतिको बलिङ आक्रामणसामू निरिह बन्यो । अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदीन नैबले ९, राशिद खान र करिम जन्नतले ८-८ रन बनाए ।

दक्षिण अफ्रिकालाई तीव्र गतिका बलर मार्को यानसन र कागिसो रबाडाले सानदार सुरुवात दिलाएका थिए । यानसनको पहिलो ओभरको अन्तिम बलमा एज लागेर यस विश्वकपमा सर्वाधिक बनाउने रहमानउल्लाह गुरबाज फस्टस्लिपमा शून्यमा रिजा हेन्ड्रिक्सबाट क्याच आउट भए ।

अफगानिस्तान यस विश्वकपमा ओपनर गुरबाज र जद्रानको ब्याटिङमा निर्भर थियो । गुरबाज आउट भएपछि अफगानिस्तान सम्माल्लिन सकेन ।

यानसनले तेस्रो ओभरको तेस्रो बलमा गुलबदीन नैबलाई ९ रनमा बोल्ड आउट गरे । चौथो ओभरको पहिलो बलमा इब्राहिम जद्रानलाई २ र चौथो बलमा मोहम्मद नाबीलाई शून्यमा बाल्ड गरेपछि अफगानिस्तान ३.४ ओभरमा २०(४ को अवस्थामा पुगेको थियो ।

अफगानिस्तान यतिकैमा रोकिएन । यानसनले खरोतीलाई लेग साइडको बलमा एज लगाउँदै विकेटकिपर क्विन्टन डि ककबाट २ रनमा क्याच आउट गराए । एनरिच नोर्कियालाई ठूलो सट खेल्ने धुनमा आजमतुल्लाह ओमरजाई १० रनमा स्टब्सबाट क्याच आउट हुँदा अफगानिस्तान ६.३ ओभरमा २८-६ को अवस्थामा पुगेको थियो ।

त्यसपछि तबरेज शाम्सीले १० औं ओभरमा करिम जन्नतलाई ८ र नुर अहमदलाई शून्यमा एलबीडब्लू आउट गर्दै अफगानिस्तानलाई ९.५ ओभरमा ५०-८ को अवस्थामा पुर्याएका थिए ।
दक्षिण अफ्रिकाका मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए ।
एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १.५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation