Pranmancha

Advertisment

SKIP THIS

अदालतको आदेशलाई महानगरको निर्णय भनी झुटो व्याख्या नगर्नुस्: मेयर बालेन

१० भदौ, काठमाडौं

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी नेताहरूले गलत व्याख्या गरेर भ्रम छरेको भन्दै आपत्ति जनाएका छन्।

आज सामाजिक सञ्जालबाट उनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरिएकाे भन्दै पार्टीको नेता कार्यकर्ताहरूले जनतामाझ भ्रम नछर्न पनि आग्रह गरेका हुन्।

उनले भनेका छन्,‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो,सर्वोच्च अदालतको आदेश आएपछि हामी  काठमाडौं महानगरले सो आदेशलाई  सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ।’

उनले उक्त जग्गामा अब थप संरचना बनाउन नपाइने पनि बताए। ‘अदालतको आदेशअनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्नेछ,’उनले भने,‘अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरूले जनतामाझ भ्रम नछर्नु होला।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation