![](https://pranmancha.com/wp-content/uploads/2024/08/Screenshot_2024-08-26-17-41-09-512_com.facebook.katana-edit.jpg)
१० भदौ, काठमाण्डाै
साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे फाइनलमा पुगेकाे छ ।
ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्स मैदानमा आज भएकाे दाेस्राे सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४–३ ले हरायाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।
अब बङ्गलादेशले उपाधिका लागि पर्सि बुधवार नेपालसँग खेल्नेछ । हिजाे भएकाे पहिलाे सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइलनमा पुगेकाे थियाे । फाइनल खेल काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा हुनेछ ।
गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।