संस्कृत विश्वविद्यालयकाे उपकुलपतिकाे जिम्मा भीम खतिवडालाई

१८ भदौ, दाङ

विभिन्न राजनीतिकाे चरम अखडा बनेर प्राध्यापक तथा कर्मचारी नियुक्ति लगायतका कारणले विवाद हुँदा नेपाल संस्कृत विश्वविद्यालय दशकाैंदेखि “तालाबन्दी” विश्वविद्यालयकाे परिचय बनिरहेकाे छ ।

यावत् प्रकारका बिबाद र किचलाेमा जथाभावी मुछिएका तत्कालीन उपकुलपति यादवप्रकास लामिछानेले अन्ततः २७ साउनमा राजिनामा दिए र स्वीकृत पनि भयाे । उक्त रिक्त ठाउँमा निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा नियुक्त भएका छन् । साेमबार प्रधानमन्त्री केपी ओलीले विश्वविद्यालय ऐन- २०४३ काे दफा १३, उपदफा- ३ बमोजिम खतिवडालाई तीन महिनाकाे लागि निमित्त उपकुलपति ताेकेका हुन् ।

पूर्वकाे धरान निवासी भीम खतिवडा विश्वविद्यालयमा विगत ४ वर्षदेखि शिक्षाध्यक्षकाे रुपमा रहेका थिए । उनकाे अबकाे उपकुलपति कार्यकाल कस्ताे हुन्छ भनेर सर्वत्र चासाेकाे रुपमा हेरिएकाे छ । उनी संस्कृत साहित्यका मेधावी प्राध्यापक मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation