दाङमा एक पुरुष जंगलमा मृत फेला

ओमप्रकाश गुप्ता,भालुवाङ
२९-असार/ दाङको राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ स्थीत राप्ती सामुदायिक वनमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ४५ वर्षीय दलबहादुर चौधरी मंगलबार विहान ७ बजे जंगलमा मृत अवस्थामा भेटिएका थिए । च्याउ खोज्न जंगल गएका महिलाहरूले मृत अवस्थामा ती पुरूषको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

खवर पाए लगत्तै घटना स्थलमा पुगेको प्रहरीले घटनाको प्रकृति हेर्दा मादकपदार्थ बढी सेवन गरेको र त्यसका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शाहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation