शर्मामाथी छानबिन गर्ने बनेको संसदीय विषेश समिति सदस्य हेरफेर

३० असार, काठमाडौं । करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् ।

समितिमा रहेका पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले भुसालको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई पठाएको हो । जसलाई बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकार गरेको छ ।

२२ असारमा गठित समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation