कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो टी–२० अन्तर्राष्ट्रियमा अमेरिकालाई १ सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
अमेरिकाको डलासमा भइरहेको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १ सय ७० रन बनाएको हो। नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए। त्यसमा सात चौका र छ छक्का सामेल थियो। अर्का नटआउट ब्याटर करण केसीले ६ रन बनाए।
नेपालको सुरुआत भने राम्रो रहेन र ११ रनको स्थितिमै ओपनर आसिफ सेखले विकेट गुमाए। उनले एक रन मात्र बनाए। अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गरे र त्यसमा दुई चौका र एक छक्का सामेल थियो। त्यसपछि गुल्सन झाले १२ बलमा १९ रन बनाए। उनको ब्याटबाट दुई चौका र एक छक्का निस्केको थियो।
कप्तान रोहित पौडेलले भने १४ बलमा १८ रनको योगदान गरे। उनले दुई चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले दुई रन मात्रै बनाए।
अमेरिकी बलरमध्ये नोसथुस केनजिग र जसदीप सिंहले दुईरदुई विकेट लिए।नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो। तीन खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ। नेपाल पहिलो टी–२० मा १७ रनले विजयी रहेको थियो।