गंगादेव गाउँपालिका राेल्पाले करार कर्मचारी सम्झौता नविकरण नगर्ने

असार ३२, रोल्पा ।

रोल्पाको गंगादेव गाउँपालिकाले करार सेवाका सबै कर्मचारीको करार सम्झौता नगर्ने भएको छ ।

शुक्रबार बसेको कार्यपालिका बैठक र १२औं बर्षे अधिवेशनको निर्णय अनुसार मन्त्रलाय तथा बिभागबाट करार सेवा निरन्तरता दिनु भनि परिपत्र भई आएको बाहेक सबै कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय भएको हो ।

कार्यपालिकाको निर्णय बिरुद्ध कुनैपनि करारका कर्मचारी कार्यालयमा हाँजिर भएमा तलब भत्ता भुक्तानी नहुने प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation