Pranmancha

Advertisment

SKIP THIS

आइसिसी विश्वकप लिग-२: नेपालले आज अमेरिकासँग खेल्दै

११ कार्तिक, काठमाण्डौ 

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल डालासमा राति सवा नौ बजे शुरु हुँदैछ । खेलको लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको छ ।

टोलीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन् । देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित शृङ्खला अस्तिदेखि शुरु भएको हो ।

पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको थियो । अघिल्लो महिना क्यानडामा भएको त्रिदेशीय शृङ्खला सकेर नेपाल अमेरिका पुगेको हो । क्यानडामा भएको खेलमा नेपालले एउटा खेल पनि जित्न सकेको थिएन ।

लिग–२ मा आठ खेलमा तीन अङ्कसहित नेपाल पुछारबाट दोस्रो स्थानमा छ । अमेरिका दोस्रो र स्कटल्याण्ड चौथो स्थानमा छन् । १६ अङ्कसहित क्यानडा शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation