पछिल्लो तीन महिनामा प्राकृतिक विपदमा १२१ जनाको ज्यान गयो

३२ असार, काठमाडौं । पछिल्लो तीन महिनामा बाढी, पहिरो, चट्याङ, आगलाजीजस्ता विपदका कारण १२१ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार १ वैशाखदेखि ३२ असारसम्म विपदका घटनाबाट १२१ जनाको मृत्यु भएको हो ।

यो तीन महिनाको अवधिमा चट्याङका कारण सबैभन्दा धेरै ५० जनाका मृत्यु भएको छ । त्यस्तै आगलागीबाट १९, पहिरोबाट १७ र जनावर आतंबाट १२ जनाको मृत्यु भएको केन्द्रको तथ्यांक छ ।

स्रोत : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्र

विपदका घटनाका कारण २ जना बेपत्ता भएका छन् भने २९९ जना घाइते भएका छन् । विपदमा परी एक हजार ४०३ परिवार प्रभावित भएका छन् र ६८ करोड ५२ लाख ४४ हजार ३६० जनाको मृत्यु भएको अनुमान गरिएको केन्द्रको तथ्यांक छ ।

केन्द्रले विपदका घटनामा बाढी पहिरो, भारी वर्षा,   चट्याङ, सर्पदंश, आगलागी, हावाहुरी, जनार आतंक आदिलाई राखेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation