घाँस काट्न गएका युवकको भिरबाट लडेर मृत्यु

डोटी । आदर्श गाउँपालिका–दहकालिका स्थानमा भिरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मौवानगरदहले दिएको जानकारीअनुसार स्थानीय धुरकोट जङ्गलमा दिउँसो घाँस काट्न गएका निज युवक आइतबार राति अबेरसम्म घर नआउँदा घरपरिवारले खोजी गर्दा भिरबाट लडेर मृतावस्थामा फेला परेका हुन् ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतकको टाउको र आँखामा गहिरो चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation