Pranmancha

Advertisment

SKIP THIS

श्रीलंकाले हाता पर्यो हङकङ सिक्सेसको उपाधि

१८ कात्तिक, काठमाडौं 

हङकङ इन्टरनेसनल सिक्सेस-२०२४ को उपाधि श्रीलंकाले जितेको छ ।

श्रीलंकाले आइतबार दिउँसो भएको फाइनलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

पाकिस्तानले दिएको ७३ रनको लक्ष्य श्रीलंकाले तीन विकेट गुमाएर ५ ओभरमै पूरा गर्दै उपाधि जितेको हो ।

उपाधिका लागि श्रीलंकाका सन्दुन विराक्कोदीले ३४, लिहिरु मधुसनकाले १९, थारिन्दु रत्नायकेले १६ रनको योगदान गरे । अरु ब्याटरले भने दोहोरो अंकमा खेल्न सकेनन् ।

पाकिस्तानका फाहीम असर्फ र हुसैन तलातले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले सबै विकेट गुमाएर ७२ रन बनाएको थियो ।

पाकिस्तानका ओपनर मुहम्मद अखलकले ४८, कप्तान फाहीम असर्फले १३ र आमेर यामिनले ६ रन बनाएका थिए ।

श्रीलंकाका थारिन्दु रत्नायके र धनन्जय लक्सनले दुई/दुई तथा निमेष विमुक्थी र लिहुरु मधुसनकाले एक/एक विकेट लिए ।

हङकङ सिक्सेसमा सहभागी भएको नेपाल भने समूह चरणका सबै खेलमा विजयी भए पनि क्वाटरफाइनलमा भने उपाधि विजेता श्रीलंकासँगै पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation