थवाङगीहरुले गरे सहिद पार्ककाे सरसफाइ

कम्युनिस्ट अान्दोलनकाे उर्वरभूमि तथा जनयुद्धको उदगम थलाेकाे रुपमा परिचित त्याग,तपस्या र बलिदानकाे वीरगाथा बाेकेकाे थवाङ र थवाङगीहरु हर समय केही न केही नयाँ गरिरहेकै हुन्छन् । सामाजिक, अार्थिक र राजनीतिक रुपमा अग्रगामी परिवर्तन रुचाउने थवाङका जनहरुले अाज सबेरै सहिद स्मृति पार्ककाे सरसफाइ गरेका छन् ।
पार्कभित्र रहेका सहिदका सालिक तथा अन्य संरचनामा काँस लगाएतका घाँसले छोपिएपछी शनिबारकाे अवसर पारि थबाङ गाउँपालिकाको आयोजनामा सरसफाइ कार्य सम्पन्न गरिएको हाे ।


शहिद स्मृति पार्क थबाङ गाउँपादिका १ झकेवाङमा पर्दछ ।निर्माणाधीन अवस्थामा रहेको पार्कभित्रका सालिक, फुल, तथा अन्य महत्त्वपूर्ण बोटबिरुवाहरुलाई संरचनामा गाँसे जङ्गलले छोपिए पछि सरसफाइ अभियानमा जुटेकाे थबाङ गाउँपालिका अध्यक्ष ऋशिकेसब बुढामगर (सबिन)ले बताए । सरसफाइ कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर वली तथा विभिन्न शाखामा कार्यरत कर्मचारी पालिकाभित्रका, १, २, ४, ५ नम्बर वडाका वडाअध्यक्षसहितकाे उपस्थिति थियाे ।

त्यस्तै सरसफाइ कार्यक्रममा ईलाका प्रहरी कार्यलय थबाङका इन्चार्ज प्रहरी निरीक्षक राजेश बस्नेत, सहिद क. दीर्घ का छोरा अजय घर्ती मगर, ग्लोबल बैंकका मेनेजर बिष्णु रावत, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर पुन लगायतका स्वास्थ्यकर्मी, स्थानिय बुद्धिजीवी, नमुना मा.वि. थवाङका विद्यार्थीहरुको टिमले बिहान ६ बजेदेखि सुरु गरि उक्त सरसफाइ कार्य सम्पन्न गरेका हुन् ।

सहिद स्मृति पार्ककाे सरसफाइ पश्चात
सहिद तेजमान घर्ती क.(दीर्घ)का छोरा नमुना मा.वि. थवाङका अध्यक्ष अजय घर्ती मगरले सरसफाइ कार्यक्रममा बोल्दै सम्पुर्ण सरसफाइ टिमलाई सहिद परिवारको तर्फबाट धन्यवाद दिए ।
गाउँपालिका अध्यक्ष सबिन बुढामगरका अनुसार गाउँपालिका भित्र पर्ने पाचैवटा वडाका सर्बजनिक स्थानहरुमा अनुकुल समय मिलाएर सम्पुर्ण जनप्रतिनिधि, समाजसेवी, विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुसँग मिलेर मासिक रूपमा श्रमदान अर्थात सामाजिक काम गर्ने घाेषणा गरे ।



 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation