सभ्यताका विकास अध्ययन नगरी जीवन र जगत बुझ्न वा धर्मको र धार्मिक साम्प्रदायिकता विषयमा चर्चा गर्न सकिँदैन । इतिहास, भाषा, संस्कृति, धर्म, दर्शन, साहित्य, कला, राजनीति सभ्यताका विकाससँगै हुने गर्छन् । धर्ममा वैदिक इतिहास, आख्यान र मिथक जोडिएका हुन्छन् । विचारोत्तेजक विषय, भावनामा नभै तर्क र तथ्यका वैज्ञानिक चश्माले अध्ययन गरिन्छन् । अहिले पनि मानव सभ्यताको जीवन्त अध्ययनशाला भारतको अण्डमान निकोबार द्विप समूहको नर्थ सेन्टेनल टापुमा मानव जातिका आदीपुर्खा रहेका छन् । यस टापुमा ६० हजार वर्षको निरन्तरतामा जीवन्त मानव उपस्थिति छ । आधुनिक मनुष्यको पहिलो पैताला यस टापुमा १,८६७ मा टेकियो । अहिले यहाँ ५० देखि २ सय जना जति मानवपुर्खाका सन्तति रहेको अनुमान गरिन्छ । उनीहरुले अझै आगो बाल्न जान्दैनन्, चट्याङ्गबाट निक्लेको झिल्काबाट आगोको खेती गर्छन् । केही वर्ष पहिलासम्म नरभक्षी हुन् भनेर भनिन्थ्यो तर मानवशास्त्री त्रिलोकनाथ पण्डित र मधुमाला चट्टोपाध्यायले कयौँ रहस्य उद्घाटन गरे, अझै उनका भाषा बुझ्न भने सकिएको छैन ।
त्यहीँ गएर चिनियाँमूलको अमेरिकी मनोचिकित्सक पेट्रिक चाओको छोरा जोन एलेन चाओलाई ईश्वरिय सन्देश सुनाउने सनक चढ्यो । पृथ्वीमा रहेको शैतानको अन्तिम गढमा गएर पवित्र सुनाउने सनक धार्मिक साम्प्रदयिकताको नमुना हो । हरेक धर्महरु अरु मतावलम्वीहरुलाई शैतान, काफिर वा राक्षस भनेर आस्था परिवर्तन गराउनु वा हत्या गर्नु धार्मिक सत्कार्य ठह¥याउँछन् । साम्प्रदायिक उन्मादले व्यक्तिलाई मात्रै बौलाहा बनाउँदैन, तिनलाई आडभरोसा र आर्थिक सहयोग गर्ने सङ्गठन र राज्य हुनेगर्छ । कतिपय शासकहरू राष्ट्रलाई नै धार्मिक उन्मादमा फसाउँछन् । इश निन्दा कानुन होस् या वैज्ञानिक सोचलाई दण्डित गर्न कुनै धर्म कसर राख्दैन् । धर्मको विष दिमागमा पुगेपछि मान्छे साम्प्रदायिक बनेर केसम्म गर्दैन ? भन्ने चाओ एउटा उदाहरण मात्रै हुन् । एक्लोमै रहेको धार्मिक उत्तेजित मुर्खले, समूहमा पुगेपछि उसको मुर्खता शक्तिको कल्पना गर्नै सकिँदैन । हरेक स्वार्थ समूह अरु लम्पटहरुलाई भिडमा फेरेर आफू र सन्तान जोगाउँछन् । हिन्दु उन्मादी शिक्षितहरू लम्पटलाई मैदानमा उर्ताछन् तर इस्लामिक र ख्रिस्तान उन्मादी पढेलेखेकाहरू भने स्वयम्नै उत्रिन्छन् । जिहाद र क्रुसेड यसका साक्षी हुन् । धार्मिक युद्धमा मरेपछि सिधै स्वर्ग पुगिन्छ भनेर ब्रेनवास गरिएको हुन्छ ।
पवित्र वचन सुनाएर शैतानग्रसित मानवमुक्ती गर्ने इच्छा जागृत २६ वर्षिय युवा चाओलाई कान्सास शहरमा इभान्जेला सङ्गठन अल नेसन्सद्वारा ‘बुट क्याम्प’ मिसनरी प्रशिक्षित हुन्छ । भाला चलाउने, चिकित्सा र आदिवासीका भाषा, रहनसहन सिकाइन्छ । मूल निवासी जस्तै हुने अभिनय पनि सिक्छ । धर्म प्रचारकहरुले पाएका हण्डर, सामना गरेका चुनौति, शैतानले सताइएका विधर्मीहरुको सामना के, कसरी गर्नेबारे अध्ययन गराइन्छ । चाओलाई मानवजातिका अन्तिम जीवित संग्रालय अण्डमान द्विप समूहको सेन्टिनेलीहरूलाई धर्म परिवर्तन गराएर ईश्वरिय सन्देश पु¥याउन उत्तेजित पारिन्छ । चाओलाई यशुुको पवित्र सन्देश पु¥याएर “सैतानको अन्तिम गढ” ध्वस्त गर्ने धुन सवार भएपछि जस्तोसुकै कष्ट उठाउन, सरकारी प्रतिबन्ध छक्याउन कुनै समस्याले बारबन्देज गर्न सकेन । उसको एउटै पक्काधुन शैतानले सताइएका संसारसँग सम्पर्कविहीन मान्छेहरुलाई यशुको सुसमाचार सुनाएर अपवित्र हृदयमा स्वर्गिय आत्मा भर्नु हुन्छ ।
धार्मिक अतिविश्वासी स्कुलमा प्रशिक्षित चाओ अण्डमानको उत्तर सेन्टिनेल टापुका सेन्टिनेलीजहरूले सम्पर्क गर्न प्रयास माझीलाई २५ हजार प्रलोभन पारेर समुन्द्र तटमा पुग्छ । उपहार दिन खोज्छ, प्रभुका भजन गाँउछ। बाइवलका उक्ति पढेर सुनाउँछ । तर, मानवपुर्खाहरु न उसका कुरा बुझ्छन्, न प्रभूका भजन । उनीहरु कुनै उपहार पनि लिँदैनन् । मात्रै आक्रमणमा उत्रिन्छन् । १४ नोभेम्वर २०१८ देखि कोशिस गर्नु, लखेटिनु, फेरी फर्केर कोशिस गर्दै चाओले ४ दिन द्धिपको समुन्द्रतटमा जोगिँदै बिताउँछ । हरेकदिन डायरी लेख्छ । आखीर मानवका आदिपुर्खाको जिउँदो पुस्ताका आदिवासीले उसको हत्या १७ नोभेम्बर २०१८ मा गरिदिएपछि धर्मान्धहरु विश्वमा फेरी एकपटक बहस सुरु भयो ।
एलेन जोन चाओलाई प्रशिक्षण दिने इभान्जेला सङ्गठन अल नेसन्सले उसलाई सहिद भन्यो भने चाओका पिता मनोचिकित्सक पेट्रिक चाओले भने आफ्नो छोरालाई धार्मिक उन्मादमा उकासेको संस्थाको विरोध गरे । सामाजिक सञ्जालमा धार्मिक उत्तेजनमा ल्याएर चाओका हत्याको लागि आवेग भर्ने प्रशिक्षक संस्थाको विरोधका स्वर घन्किए ।
अन्धआस्था, अन्धविश्वास र घृणाको शक्तिलाई सामान्य सोंच्नै हुँदैन ।
हरेक धर्ममा इभान्जेला चर्चजस्ता हरेक घृणाव्यबसायी धार्मिक संगठनहरु छन् भने हरेक धर्ममा लम्पट चाओहरुले पृथ्वीमा शैतानको अन्तिम गढ ध्वस्त गर्न होम्मिन्छन । अझ उग्र दक्षिणपन्थी राजनीतिले आवेगलाई पेट्रोल छर्किन्छ ।
ब्रह्माण्ड उत्पति, केन्द्र, श्रृष्टि, मानव उत्पतिबारे मुख्यतया २ धारणा छन । पहिलो आध्यात्मिक धारा र अर्को भौतिकवादी धारा । प्रायजसो संसारकै आध्यात्मवादी धारको एउटै निचोड छ भने वैज्ञानिक र मानवशास्त्रीका फरक । मानवशास्त्रीहरूको धारणा अध्ययन र अनुसन्धानमा केन्द्रित हुन्छन् । अध्येताहरू अनुसार ३ लाख वर्ष पहिला आदिमानव होमो सेपियन्स रहेका थिए ।आधुनिककालमा सभ्यताको अध्ययनलाई डीएनए र कावर्न विधिले सहज तुल्यायो । अध्ययन, अनुसन्धान रोकिने कुरा भएन, निरन्तर चलिरहन्छ । प्रकृतिका कतिपय रहस्यले अझै वाणी पाउन भने सकेका छैनन् । हडप्पा र मोहन जो दोडोको लिपि अझै पढ्न सकिएको छैन ।
अनुसन्धानसँगै पहिला बनेका विश्वासहरू भत्कन सक्छन् । मान्छे नित्य नयाँ हुन्छ त्यस्तै अध्ययन र अनुसन्धानमा पनि नयाँनयाँ तथ्य थपिदै जान्छन । अरस्तुको पृथ्वी केन्द्रित सोचलाई ग्यालिलियोले सूर्य केन्द्रित सोच बनाएर उल्टाइदिए । कोपर्निकसको शिष्य उनलाई “आधुनिक खगोल विज्ञानका पिता“, “आधुनिक भौतिकी विज्ञानका पिता“ र “आधुनिक विज्ञानका पिता“ पनि भनिन्छ । सभ्यताको विकाससंगै दर्शन, धर्म र संस्कृति पनि विकसित हुँदै आधुनिक उन्नत मानव बन्दै गयो । धर्मवादीहरु जिज्ञासाको उत्तर धर्मग्रन्थ र पुराणहरूमा खोज्न थाल्छन् भने विज्ञानवादीहरु अध्ययन अनुसन्धानमा ।
सभ्यता विकासका चरणहरू
मानव विकासको चार चरण छन् । समय बित्दै जाँदा अस्ट्रेलोपिथेकस, होमो ह्याबिलिसमा विकसित भयो । होमो हबिलिस, होमो इरेक्टसमा हुँदै होमो निएन्डरथालेन्सिसमा । अन्ततः, होमो निएन्डरथालेन्सिस होमो सेपियन्समा विकसित भयो ।
टोयनबीले इतिहास अध्ययनमा (१९३४) सभ्यतालाई जीवहरूसँग तुलना गरे । चार चरणहरूको जीवनचक्रलाई उत्पत्ति, वृद्धि, विघटन, र विघटन । जहिले पनि सभ्यताहरूको सामना गर्ने चुनौती प्रतिक्रिया संयन्त्रले मान्छेको क्षमतालाई आत्मनिर्णय र आत्मनिर्देशित प्रभाव पार्दै लैजान्छ । मानव सभ्यताका मूल केन्द्रहरुमा मेसोपोटामिया (इराक) नायल (इजिप्ट) सिन्धु र गंगाका मैदान (भारत, पाकिस्तान), ह्वांङहो (चीन), इन्का (पेरु) र मेसोअमेरिकन गल्फ कोष्ट (मेक्सिको) लगभग इपु (इसापूर्व)४ हजार देखी ३ हजार बिचमा विकसित भयो ।
सिन्धु घाटी सभ्यता सबभन्दा ठूलो प्राचीन सभ्यता हो। बिद्धान जॉन मार्सलले यसलाई ‘सिन्धु घाटी सभ्यता’ भन्ने नामाकरण गरे । यो सभ्यता आद्य ऐतिहासिक युग (ताम्रपाषाण युग कांस्य युग) सँग सम्बन्धित छ । दयाराम साहनी पहिलो पटक १९२१ मा हडप्पा सभ्यताको खोजी गरे । नाइल नदीको आसपास विकसित मिश्रको सभ्यता विश्वको सबभन्दा पुरानो सभ्यता हो । मेसोपोटामियाको सभ्यता ३ हजार देखी ६ सय इस्वी सम्मको मानिन्छ । मानव सभ्यताका भूगोलसँगसँगै भिन्नभिन्न धर्म, दर्शन र संस्कृति विकास हुँदै गए ।
मानव सभ्यता विकासको टायम लाइन
– प्राचीनतम अवशेषका युगमा मोरक्कोमा साफी नगरको करिब ५० किलोमिटर टाढा जेबेल इरहाउदको गुफामा पाइएको ३ लाख वर्ष पहिलाको मानव अवशेष पहिलो हो ।
– १ लाख ८० वर्ष पहिला अफ्रिका बाहिर आधुनिक मानवको प्राचीनतम जीवाश्म उत्तरी इजरायलको मिस्लियाको एक शैलाश्रयमा पाइयो ।
– ७० हजार वर्ष पहिला अफ्रिकी महादेशबाट पहिलो खेप मानव बसाइसराइ सुरु भयो ।
– ६५ हजार साल पहिला अफ्रिकाबाट बाहिर निक्लेको मान्छेहरू भारतीय उपमहाद्वीपमा पुगे ।
– ६० देखी ४० हजार कालखण्डको दौरान अफ्रिकाबाट निक्लेका मान्छेहरूले युरोप र एशियालाई आवादी गर्छन ।
– ४० हजार वर्ष पहिला युरोपबाट नियन्डरथल लुप्त हुन्छन ।
– ४५ देखी २० हजार साल पहिला अफ्रिकी प्रवासीका वंशज भारतीय उपमहाद्वीपमा पुग्छन् जहाँ पहिलादेखि नै पोको प्रजाति रहेका हुन्छन ।
– १६ हजार वर्ष पहिला आधुनिक मान्छे अमेरिकी महाद्वीपमा पुग्छन् ।
– इपु ७ हजार वर्ष पहिला बलुचिस्तान, बोलान पहाडको मैदानी भागमा मेहरगढ गाउँमा नयाँ खेती सुरु हुन्छ । सिन्धु र भूमध्य सागरबीच फैलिन्छ ।
– इपु ७ देखी ३ हजार वर्ष आसपास जेग्रास क्षेत्रका इरानी कृषकहरूको समूह दक्षिण एसिया पुग्छन् ।
– इपु ७ हजार देखी २ हजार ६सय वर्ष पहिला मेहरकगढमा जौ र गौँको खेती र पशुपालनका अवशेष भेटिन्छन् । इपु ७ हजार तिर गङ्गा नदीको माथिल्लो भेगमा धान खेती सुरु हुन्छ ।
– इपु ५५ सयदेखी २६ सयसम्म आरम्भिक हडप्पा युगमा काली बंगा, राखी गढीमा नगर र उन्नत खेतीका अवशेष भेटिन्छन् ।
– इपु ३५देखी १५सय वर्ष पहिला भारतीय उपमहाद्वीपको विभिन्न भागमा कृषि कर्मका साछी भेटिन्छन् ।
– इपु२६देखी १९सय वर्ष पहिला परिपक्क हडप्पा युग मानिन्छ ।
– इपु २१सय वर्ष पहिला कजाक स्टेपी मैदानका पशुपालक तुर्कमिनिस्तान, उज्वेकिस्तान, ताजिकिस्तानबाट दक्षिणएशिया बसाइ सर्छन् ।
– इपु २ हजार वर्ष पूर्चीवनबाट भएको दक्षिणपूर्वी एशियामा बसाइसराई हुन्छ ।
– इपु २ देखी १ हजार वर्षमध्य एशियाबाट दक्षिणएशियामा आएका स्टेपी पशुपालकहरूले आफूसँगै इण्डो–अमेरिकी भाषा, संस्कृति, चालचलन नयाँ धर्म ल्याए
– इपु १९ देखी १३ सय हडप्पा कालको अन्त ।
– १५ सय इपु सिन्धुघाँटी सभ्यता ।
– १५ सयदेखी ६ सयवर्ष इपुमा वैदिककाल
हाम्रा जिज्ञासा र उत्साहले हजारौं वर्ष पहिला धरती कस्तो थियो होला ! जीवको उत्पत्ति कसरी भयो होला ! पृथ्वीभन्दा अन्य ग्रहमा पनि जीवन होला कि नहोला ! धर्मको सुरुवात कसरी भयो होला ? जीवन र मृत्युको रहस्य के कस्ता रहे होलान् ! मान्छेलाई धार्मिक बनाउने कुन तत्व हो ? के कारणले मनुष्य धार्मिक बन्छ ? धर्मको उत्पत्ति किन र कुनकुन कारणले भयो ? सर्वप्रथम कुन प्रवृत्ति, इच्छा संवेग, प्रेरणा, के कारणले हुनछ धर्मको भावना जाग्रित भएर कुन कारण मनुष्य धर्मप्रति उन्मुख भयो । कसरी सभ्यताको बन्यो भयो होला ! आदिमानवको मनमा पनि प्रश्न जागृत भए होलान । निद्रावस्था या मृतावस्था पर्याप्त समानता हुँदा पनि निद्रावस्था, मृत्यु जस्तो किन हुँदैन ! सपना किन देखिन्छन र त्यसको सम्बन्ध केसँग हुन्छ ! ब्युँझेपछि फर्कने चेत किन मरेपछि फर्केर आँउदैन ! शरीरबाट चेतना कहाँ र कसरी जान्छ ! मृत शरीरलाई निष्कृय पार्ने तत्व के हो ? मरेको मान्छे सपनामा किन देखिन्छ र संवाद पनि किन हुन्छ ! अनेकौँ कौतुहलता भए । पृथ्वीमा लाखौ वर्षदेखि जीवन भएपनि मिथकलाई नमान्दा प्रमाणित इतिहास भने केही हजार वर्षको मात्रै छ । इतिहासलाई त प्रमाण चाहिन्छ । रहस्यका पत्यारिदा उत्तर नहुँनु, तर जिज्ञाशाा भने भैरहनु नै आध्यात्मका आधार र धर्मको कारखाना बन्दै गयो ।
पुरातत्वविद्हरूले दक्षिणी टर्कीमा रहेको पुरातन स्थल गोबेक्ली टेपेमा लगभग १३ हजार वर्ष पुरानो संसारको सबैभन्दा पुरानो पात्रो घर भेटे । केही मनोवैज्ञानिक अनुसार धर्मको उदय मनुष्यको डरको कारण मान्दछन् । प्रसिद्ध मानवशास्त्री मैलीनोवस्की (१९२६) अनुसार धर्मभाव विशिष्ट भावात्मक परिस्थितिमा सक्रिय हुन्छ । तर, फ्रायडको धर्म ग्लानि भावनाका कारण पैदा हुन्छन् भन्छन् । आजको मानव आदिम मानवकै मन, बुद्धि तथा शरीरको निरन्तरता हो । प्राचीनदेखि नै नवीनको विकास हुन्छ । बुद्धि जस्तै धार्मिक विचार पनि पुस्तान्तरण हुँदै जान्छन् । आधुनिक धार्मिक मूल्य, संस्कार, प्रवृत्ति र व्यवहार आदिम धर्मकै परिमार्जित रूप हुन । धार्मिक बनाउने मनोवैज्ञानिक तत्व जन्मजात प्रवृत्ति हुन्छ । जुन पारिवारिक पृष्ठभूमिका जन्मन्छ, जुन समाजमा हुर्किन्छ त्यसै अनुसारका चिन्तन, स्वभाव, मान्यता र नैतिक आदर्श हुने गर्छ । अर्को मनोविज्ञानी कारण भनेको भय–भावना हो ।
टायलरको (१८७१) आत्माको धारणा ‘‘जीव” धारणाबाट पैदा हुन्छ र आत्मामा विश्वास, ईश्वरको अवधारणमा फेरिन्छ ं। टायलरका समकालीन विचारकहरूले पनि धर्मको यसै दृष्टिकोणलाई स्वीकारे । ह्यूम भयलाई धार्मिक क्रियाको पे्ररकतत्व स्वीकार्छन् । आदिमकालमा व्यक्ति अशुभ प्रेतात्माको भयभीत भएर उसको पूजा, अराधना गर्दथ्यो । कृपा पाउन पुजा, प्रार्थना, तपस्या, भाकल गर्दथ्यो । उसलाई ईश्वर र प्रेतात्मालाई सन्तुष्ट पारे कुनै अशुभ हुँदैन, मनोकामना पुरा हुन्छ, सुखमय जीवन व्यतीत हुन्छ भन्ने विश्वास थियो ।
टायलरको मतानुसार अमूर्त र अभौतिक प्रेतात्माहरू प्रतिको डर र श्रद्धा नै आदिम धर्मका मुहान बन्यो । त्यसैले बनेको धारणा विकसित हुँदै आत्मा मानव नियन्त्रणदेखि पर छ तर यो मनुष्यसँग सम्बन्ध राख्दछ भन्ने साेंच विकास भयो। इश्वर वा प्रेत राम्रो कामले खुशी हुन्छ र खराब कर्मले अप्रसन्न हुन्छ भन्ने भयो । धर्म “विश्वास” वा “विश्वास प्रणालीसँग जोडिएको हुन्छ । अधिकांश धर्मका सङ्गठित आचरण हुन्छन् । धेरैजसो धर्ममा प्रयोग हुने “पवित्र” भाषा संस्कृत, ल्याटिन, अरबी, हिब्रु, पाली र गुरुमुखी हुन् । जनजातिका भाषा, धर्म, विश्वास र सामाजिक आचरण त्यो समाजले कति वर्चश्व राख्न सक्छ, त्यही हैसियत अनुसार चर्चामा आउने हो । देवताको गतिविधि स्मरण, बलिदान, चाडपर्व, अनुष्ठान, पूजा पद्धति, समारोह, दीक्षा, अन्त्येष्टी, विवाह, ध्यान, आह्वान, सङ्गीत “पवित्र” भाषामा हुने गर्छन । कला, नृत्य, सार्वजनिक सेवा, वा मानव संस्कृतिका अन्य पक्ष जोडिन्छन्। धर्मको आत्मा भनेको अलौकिक शक्ति वा शक्तिको तर्कहीन विश्वास र सकृयता हो । ईश्वर, पूजा, पन्थ, विश्वासका सिद्धान्त, धर्मशास्त्र, सम्प्रदाय, धार्मिक समूह फरक हुन सक्छन् । विश्वासी समुदाय, सम्बद्धता, विश्वास र पूजा विधि फरक हुन सक्छन् । तर अलौकिक वा दैवी शक्ति मानिने वा मानव भाग्यको नियन्त्रणमा रहेको शक्तिहरूमा विश्वास, उपासना वा आज्ञाकारिता भने समान हुन्छ । विश्वासको औपचारिक वा संस्थागत अभिव्यक्ति नै धार्मिक समूह हुने गर्छ ।
अर्को मनोवैज्ञानिक कारण भनेको भय भावना हो । टायलरको (१८७१) आत्माको धारणा ‘‘जीव‘” धारणाबाट पैदा हुन्छ र आत्मामा विश्वास ईश्वरको अवधारणमा फेरिन्छ ं। टायलरका समकालीन विचारकहरूले पनि धर्मको यसै दृष्टिकोणलाई स्वीकारे । ह्यूम भयलाई धार्मिक क्रियाको पेरकतत्व स्वीकार्छन् । आदिमकालमा व्यक्ति अशुभ प्रेतात्माको भयभीत भएर उसको पूजा, आराधना गर्दथ्यो । कृपा पाउन पुजा, प्रार्थना, तपस्या, भाकल गर्दथ्यो । उसलाई ईश्वर र प्रेतात्मालाई सन्तुष्ट पारे कुनै अशुभ हुँदैन, मनोकामना पुरा हुन्छ, सुखमय जीवन व्यतीत हुन्छ भन्ने विश्वास थियो ।
कुरा धर्मका
सभ्यता विकासका अनेकौँ चरण छिचोल्दा मानव इतिहासको प्रारम्भ धेरै पछि भयो । आदिमकालमा मनुष्यले प्रकृतिलाई बुझ्ने प्रयास ग¥यो होला । आदिमकालमा पनि विज्ञान रह्यो नै । बिउ बेगर वृक्ष कसरी उम्रन्छ र ? त्यसबेला पनि दार्शनिक या वैज्ञानिक रहे । प्रकृतिका विभिन्न कार्यकलापलाई बुझे प्रयास गरे पनि होलान् । धर्मको उत्पत्तिको मुख्य कारण मनुष्यको सत्यलाई जान्ने प्रवृत्ति पनि कारण हो । सत्य थाहा पाउने मनोवृत्ति जन्मजात मानवीय प्रवृत्ति हो । एउटा कालको सत्य अर्को समयको अध्ययन र अनुसन्धानले मिथ्या सावित गरिदिन्छ। तर धार्मिकजनहरु विश्वासको परिक्षण गर्न चाहिँदैनन् ।
एउटा पुस्ताको अज्ञानता वा पाखण्ड अर्को पुस्तालाई धर्म र संस्कृति बनिदिन्छ । आधुनिकता र पुरातनको घालमेल गरेर जीवन संस्कृति बनाउन थाल्छन ।
मान्छृलाई बाच्ने इक्षाले जान्ने इच्छा उत्पन्न भयो । प्रकृतिका विचित्र घटना, रहस्य, असहिय दुःख र कष्टका कारण निदानका उपाय खोज्न मथिङ्गल खर्च गर्न थाल्यो । रहस्यलाई चित्त बुझदो उत्तर दिने विज्ञानका आविश्कार, वैज्ञानिक चेत, दर्शनको विकास भइनसक्दा वा जागृत जिज्ञासा शान्त नहुँदा धर्मको जन्म हुनपुग्यो ।
मनमा ज्ञान–जिज्ञासा कसरी उत्पन्न हुन्छ भन्ने कुरा प्रमाणिक तथ्य नभै समस्याको समाधान मनोविज्ञानले गर्छ । त्यसैले धर्मको उत्पत्ति सम्झाउन जिज्ञासा निदानको उपाय मनोविज्ञानको विशेष योगदान हुन्छ । संवेग उत्पन्न हुँने मनोवैज्ञानिक तथ्य भनेको प्रकट क्रिया हो । निष्क्रिय संवेग अर्थहीन बन्छ । धर्मको संवेगले बाह्य अभिव्यक्तिको माग गर्छ । धार्मिक पन्थ, संस्था, संस्कार, कर्मकाण्ड र देवालय इत्यादि धार्मिक संवेगको बाह्य अभिव्यक्तिहरूमा हुन । धर्मको उत्पत्ति, आवेग र व्यवहार व्याख्या गर्नं मनोविज्ञानले सशक्त भूमिका निभाउँछ । धार्मिक संवेग, आवेग, उत्तेजना, भिन्न आस्थामाथिको घृणा र आक्रमण कसरी हुन्छ भन्ने कुरा सामाजिक मनोवैज्ञानिकमा भर पर्छ ।
चेतनाका तीन पक्ष हुन्छनः ज्ञानात्मक, क्रियात्मक र भावनात्मक । धर्मको परिभाषामा पनि तीनै शब्द, मर्म र संवेदना जोडिएको हुन्छ । धर्म “विश्वास” वा विश्वास प्रणालीसँग जोडिएको हुन्छ । अधिकांश धर्मका सङ्गठित आचरण हुन्छन् । धेरैजसो धर्ममा प्रयोग हुने “पवित्र” भाषा संस्कृत, ल्याटिन, अरबी, हिब्रु, पाली र गुरुमुखी हुन । देवताको गतिविधि स्मरण, बलिदान, चाडपर्व, अनुष्ठान, पूजा पद्धति, समारोह, दीक्षा, अन्त्येष्टी, विवाह, ध्यान, आह्वान, सङ्गीत “पवित्र” भाषामा हुने गर्छन । कला, नृत्य, सार्वजनिक सेवा, वा मानव संस्कृतिका अन्य पक्ष जोडिन्छन् । धर्मको आत्मा भनेको अलौकिक शक्ति वा शक्तिको विश्वास हो । ईश्वरकै, पूजा, विश्वासका सिद्धान्त, धर्मशास्त्र, सम्प्रदाय, पन्थ, धार्मिक समूह फरक हुन सक्छन् । विश्वासी समुदाय, सम्बद्धता विश्वास र पूजा विधि फरक हुन सक्छन् । तर अलौकिक वा दैवी शक्ति मानिने वा मानव भाग्यको नियन्त्रणमा रहेको शक्तिहरूमा विश्वास, उपासना वा आज्ञाकारिता भने समान हुन्छ । विश्वासको औपचारिक वा संस्थागत अभिव्यक्ति नै धार्मिक समूह हुनेगर्छ । संसारमा लगभग ४ हजार २ सय भन्दा धेरै फरक फरक धर्म र मान्यताहरू छन् । मुख्य धर्ममा पर्ने इसाई ३१ %, इस्लाम २४%, हिन्दु १५%, बौद्ध ७%, शिन्तो ०.ं५%, जैन ०.५%, शिख ०.३%, यहूदी ०.२% (यहूदी धर्म ४ हजार वर्ष पुरानो मानिन्छ) एकेश्वर मान्ने यहूदी धर्ममा मूर्ति पुजा गरिन्न । इसाई र इस्लाम धर्मको मूल अन्तर यही हो । विश्वमा करिब १८ % मानिसको कुनै धार्मिक आस्था छैन।
हरेक धर्मका विभिन्न शाखा प्रशाखा छन । धर्मले राजनीति र संस्कृतिलाई प्रत्यक्ष वा परोक्ष प्रभाव पारिरहेको हुन्छ । धर्महरूबीच पनि नैतिकता, धार्मिक नियमहरू, ब्रह्माण्ड र मानव प्रकृतिबारे फरकफरक मान्यता छन्। फरक धार्मिक विश्वासले जीवनशैलीलाई फरक पारेको हुन्छ । धर्म, सम्प्रदाय, धार्मिक निकाय, समूह, जनजाति, संस्कृति, आन्दोलन, वा अन्तिम सरोकार विश्वासले फरक पारेका छन । धर्मका कथा, प्रतीक, परम्परा र इतिहासले जीवनलाई अर्थ दिन, जीवन वा ब्रह्माण्डको उत्पत्तिको व्याख्या पनि भिन्नाभिन्नै छन् ।
३. संस्कृति
धर्म र संस्कृतिलाई एउटै डालेमा हाल्ने गरिन्छ । एकैजस्ता देखिन्छन पनि । घालमेल गरे धर्म र संस्कृति दुबैलाइ बुझन कठिन हुन्छ । के फरक छ भनेर नियाल्दा सभ्यताको विकसका चरणसँगै संस्कृतिले बाहरी जीवनको खान पान, रहन सहन, बोलचाल, सम्बध, साेंच, चिंतन र विचारधारामा हुन्छ ।
संस्कृतिको क्षेत्र सभ्यताभन्दा धेरै वा व्यापक र गहन हुन्छ। सभ्यताको अनुकरण गर्न सकेपनि संस्कृति मानवीय अन्तरनिहत भएकाले अनुकरण गर्न सकिँदैन । कतिपयले धर्म, संस्कृति एकै हो पनि भन्न सक्छन् । तर, सभ्यता विकासको एउटा चरणमा मात्रै धर्मको जन्म भएको हो भने संस्कृति मानव सभ्यताका सुरुदेिखनै हुँदैरहे । संस्कृतिको टेको धर्मले पाउदैनथ्यो भने धर्म अल्पायुमा तुहिन्थ्यो । संस्कृतिले मानवीय साधनद्धारा विकास प्रकृयालाई प्रभाव पार्छ भने धर्मले बफादार अनुयायीको मात्रै अपेक्षा गर्छ । तथ्य र तर्कमा परिणाम खोज्नेहरु धार्मिक बन्नै सक्दैनन् ।
कुनै पनि देश, जाति र समुदायको आत्मा भनेकै संस्कृति हो । संस्कृतिलेनै देश, जाति या समुदायको समस्त संस्कार बोध गराउछ ।
संस्कृतिले आदर्श, जीवन मूल्यं निर्धारण गर्छ। त्यसैले संस्कृतिका साधारण अर्थ हुन्छ –संस्कार, सुधार, परिष्कार, शुद्धि, सजावट आदि । आज के समय में सभ्यता र संस्कृति एकअर्काको पर्यायको रुपमा पनि लिन थालिएको छ। त्यसो भने हैन ।
४. जातिय धर्मको विकास
संसारकै आदिवासीहरूको जातीय प्रथा हुन्छन् । जातीय धर्म अर्थात आदिम धर्म भनेको प्राकृतिक धर्म हो। यसले अग्नि, जल, वायु, हावा र धरतीलाई पुज्ने गर्छ । पूर्वजलाई इष्टदेवता मान्ने गर्छन । धरतीका रहस्य, मानवीय जिज्ञासा र जीवनका त्रासले अन्य धर्म विकास भएझैँ जातीय धर्मको पनि विकास भएको हो । व्यक्तिभन्दा जातिलाई धेरै महत्व दिइन्थ्यो । जातिद्वारा निर्धारित नियम विरुद्ध आचरण गर्नेलाई दण्ड विधान हुन्थे । पूर्वजका आराधनामा मान्छेका नैतिक गुणहरू निरन्तरता पाए । प्राणवाददेखी आध्यात्मवादको विकास भयो । फरक पहिचान, पुर्खाको चलनको निरन्तरता, मौलिकताप्रतिको गर्वले स्वाभिमानी भावना शक्तिशाली भयो। यो धर्म जादुटुना घुलमेल गरेको र चमत्कारमा भर पर्दै गयो। सबै धर्मजस्ता जातीय धर्ममा पनि स्वकेन्द्रित प्रकृतिसँग घालमेल भएपछि अन्धविश्वासबाट मुक्त भने भएन ।
५. धार्मिक साम्प्रदायिकता
हरेक धार्मिक ग्रन्थमा भिन्न धर्म प्रति आक्रमणलाई पुण्यकर्म लेखिएको छ । त्यसैले हरेक धर्मले आध्यात्मका गुण गुमाएर साम्प्रदायिक चरित्र ग्रहण गर्दै गएर क्रुसेड, जिहाद र धर्मयुद्धमा भक्तजनलाई उकासेर नरसंहार गरायो । आज संसारमै चलेका युद्धका कारण धर्म र संस्कृतिलाई साम्प्रदायिकी गर्दै जानु हो । साम्प्रदायिकताले मान्छेलाई भिडमा फेर्छ, अर्कालाई जायी लाग्छ र आफूलाई श्रेष्ट सावित गर्न जति पनि क्रुर हुनसक्छ । सत्ता राजनीतिको सरल हतियार धर्म र धर्मलाई साम्प्रदायिक आवेगमा उत्तेजित पार्नु हो । नेपोलियन बोनापार्ट भन्थे– “जुन भूभागलाई युद्ध लड्नु छ म त्यहाँ पहिला धर्म प्रचारकलाई पठाँउछु” । अझ शक्ति राष्ट्रहरुले घृणाको राजनीतिको भाष्य तयार गर्न स्यामुअल पी हेमिंगटनको “सभ्यता विचका टकराहटको युग” भन्न थाले ।
हरेक धर्मभित्र उपधर्म हुन्छन । क्याथोलिक र प्रोटेस्टेन्टको द्वन्द होस् वा सिया, सुन्नी विवाद यसैलाई लिन सकिन्छ। संसारमा अत्यन्तै कम जनसङ्ख्या रहेको यहूदी जाति सबभन्दा ज्यादा नोबेल पुरस्कार जित्ने, धनाढय शक्तिशाली र प्रभावशाली जाति हो । त्यस जाती पनि विविधता छ। आधुनिक यहूदी धर्मका अनुयायी पनि कयौँ अलगअलग शाखा र सम्प्रदायमा बाँडिएका छन । उत्तरी अमेरिकाका ३ मुख्य शाखामा रूढिवादी, सुधारवादी र पुनर्निर्माणवादी छन। युद्धपिपासु यहूदी भनेका रूढिवादी यहुदीहरूका हुन्, जसले युरोप र अमेरिकी सत्तालाई प्रभाव मात्रै हैन चलाउछन् पनि ।
अन्यन्त्रले भन्दा भारतमा भइरहेका धार्मिक, सास्कृतिक र सामाजिक द्धन्दले हामीलाई प्रतक्ष्य प्रभाव पारिरहेको हुन्छ। हिन्दु धर्ममा पनि चार मुख्य सम्प्रदाय छन । वैष्णव ( विष्णुलाई परमेश्वर मान्नें), शैव (शिवलाई परमेश्वर मान्नें), शाक्त (देवीलाई परमशक्ति मान्नें) र स्मार्त (भगवानको विभिन्न रूपलाई एकै समान मान्ने) । भारतमा मुख्यरूपमा हिन्दु, इस्लाम, इसाई, सिख, बौद्ध र जैन छन् । हरेक धर्ममा उपसमूह छन् । सन् १९०१ को जातिगणना अनुसार भारतमा २ हजार ३ सय ७८ संख्या थियो भने उपजातिहरू २५ हजार लगभग छन । व्यवसायले चिनिन्छन् । सामाजिक स्तर, पहिचान र सङ्कृति पनि केही फरक हुन्छ । हरेक जाति र धर्मले आफूलाई श्रेष्ठ सावित गर्न आफूभन्दा तल्लो जाती बनाउँछ । श्रेष्ठता सावित गर्ने अहंकारले वर्चश्वको संघर्ष हुन्छ । त्यसैले साम्प्रदायिकता बढाउछ । अहिले भारतमा उच्चजातीय अहङ्कार राष्ट्रिय स्वयंसेवक संघ(आरयसयस) मार्फत साम्प्रदायिकता बढेको छ । अखण्ड भारत र हिन्दु राष्ट्र अभियान चलाउने आरयसयसको साम्प्रदायिक अभियान यहाँपनि चल्दै छ भने इसाई धर्मान्तरण पनि साम्प्रदायिकतालाई पनि त्यतिकै खतरा बढ्दो छ ।
साम्प्रदायिकताका रुपहरु फरकफरक भए पनि हामी र उमा समाजमा भाँड्ने षड्यन्त्र भने संसारका वर्चश्वशालीको एकै प्रकारको रहेको छ । मानवताको दृष्टिकोणबाट विषयलाई नहेरिनु, उत्तेजना भर्नु तर पनि प्राचीन मूल्यको गुणगान गाउनुमै, मिथकका प्रतीक खडा गरेर वर्तमानको भास्य तयार गर्नु साम्प्रदायिकताको परिचय हो । अहिले संसार भरी नै साामाजिक आन्दोलन र चेतना दक्षिणपन्थी कब्जामा परिरहेको छ । मिथकलाई इतिहास बनाउनु, वैदिक सााहित्यलाई धर्म मान्नु, विचारमाथी भावनाको रजाँई अल्पमतमाथीको घृणा, तर्कको निषेध, विज्ञानमाथी प्रहार, भिडको मनोविज्ञान, विज्ञानमाथी विज्ञानपुत्रकै आक्रमण संसारकै साम्प्रदायिक तत्वको परिचय बन्दैछ । उपसंहार
मानव मस्तिष्कको चर्तिकला अपरम्पार छ । मानसिक क्रिया बेगर शक्ति प्रकाशमा आउन सक्दैन । संवेग, सङ्कल्प, ध्यान, स्मृति, कल्पना, अनुभूति आदि मनका शक्ति हुन । आध्यात्मिक भोक मिटाउन, प्रकृतिका रहस्य वा प्रकोप शान्त पार्न मानसिक सन्तुष्टी आवस्यक चाहिन्थ्यो नै । जब मस्तिष्कले उमारेको तर्कको पत्यारिदो जवाफ नपाएपछि मान्छे व्याकुल हुन्छ । जुन विषयको यथोचित जवाफ हुँदैन, तब मान्छे आध्यात्मको सरणमा पुग्ने गर्छ । धर्मको उत्पत्तिको एउटा कारण मनुष्यको सत्यलाई जान्ने प्रवृत्ति पनि हो । सत्य थाहा पाउने जन्मजात मानविय प्रवृत्तिले धर्मको उत्पत्ति मानव चिन्तन प्रबृत्तिलाई नै आधार मान्नुपर्छ । समय र संस्कृतिका अभ्यासमा हेफेर हुँदा पनि चिन्तन प्रकृतिमा भने अविच्छिन्नता हुनुमा जैविक कारण हुन । जसरी आजको मानव सुखदुखको अनुभव गर्छ, क्रोध र द्वेषको शिकार छ, भोक, प्यास र वासनाको अनुभव गर्छ, त्यस्तै आदिमानव पनि गर्दथ्यो । आदिमकालमा मनुष्यले प्रकृतिलाई बुझने प्रयास ग¥यो । बिउ बेगर वृक्ष कसरी उम्रन्छ र ? प्रकृतिका विभिन्न कार्यकलापलाई बुझ्ने प्रयास गरे पनि होलान् । सभ्यता विकासक्रममा प्रकृतिसँगको संघर्षसंगै नैतिक चरित्र र सामूहिक गतिविधि बढाएर सामाजिक मापदण्डले नैतिक मूल्य, आचरण, साझा पहिचान, सामाजिक कानुन, सत्ताका विचारधारा, जीवन परम्परा र संस्कृति बन्दै गए । प्रकृति रहस्यमय छ । रहस्यको पत्यारिलो उत्तर नपाएपछि धर्म मानव मनको शक्ति बनेर मान्छे धार्मिक बन्न पुग्यो होला । समाज आ–आफ्नै तरिकाले चल्थ्यो । धर्म भएर वा नभएर समाजलाई कुनै असर पर्दैनथ्यो । आफ्नै लयमा चल्ने र कुनैपनि धर्म नमान्ने समाज पनि थियो । जुन परिवार र समाजमा मान्छे जन्मन्थ्यो, हुर्किन्थ्यो त्यसैअनुसार मान्छेका विश्वास, आस्था मान्यताले सांस्कृतिक रुप लिन्थे । त्यसले कसैप्रति न घृणा जागृत गथ्र्यो न आफैलाई श्रेष्ठता। तर धार्मिक कट्टरता बढ्दै गएपछि त्यो आस्था नरहेर साम्प्रदायिकतामा फेरिएर बर्बरतामा फेरिन्छ । तब गोमन सर्पको विषभन्दा पनि विषालु हुन्छ । सोचमा रहेको धर्म मस्तिष्कमा पुगेर विष फैलाउन थाल्दा मान्छे असामाजिक मात्रै बन्दैन, साम्प्रदायिक बनेर अपराध कर्ममा उत्रिने भिडको हिस्सा बन्न पुग्छ ।
धर्म एकआपसमा आफ्नो श्रेष्ठता कायम गर्न अरुलाई तुच्छ सावित गर्न खोज्दा कहिल्यैपनि मानवतावादी र उदारवादी बन्न सकेन । धर्म भिन्न मतप्रति जहिलेपनि असहिष्णु बन्यो । विरोधीलाई राक्षस, काफिर र सैतान भन्छ । मत फेर्दा पुण्य सोंच्न पुग्यो । हरेक धर्मका ईश्वर, देवता, भगवान र पैगम्बर या त क्रुर छन् या हृदयहिन । भिन्नमतमाथी आक्रमण गरे धार्मिक हुईन्छ भन्ने विश्वासले धर्म बर्बरहरु र साम्प्रदायिक तत्वको आध्यात्मिक हतियार बन्दै गयो । एउटा पुस्ताका अज्ञानता, अन्धविश्वास वा पाखण्ड अर्को पुस्तालाई धर्म र संस्कृति बन्दोरहेछ । धर्मभीरु बढेको समाजमा धर्मको आध्यात्मिक मूल्य पनि सुरक्षित हुन सक्दैन । सामाजिक बर्बरता र बिमारी, असामाजिकता बढ्दै जान्छ । असली, नकली असुरक्षाका कारण मानसिक रोगी बढ्दै जान्छन् । बहुसङ्ख्यकले अल्पसङ्ख्यकमाथि बर्बरता थोपेर घृणा फैलाउन थालेपछी साम्प्रदायिकता बढ्दै जान्छ । बहुसङ्ख्यक समूहलाई मनोआतंकित बनाएर अल्पसङ्ख्यकप्रति घृणा फैलाउन सामाजिक विवेक अपहरण गरिन्छ । एउटै धर्मबीच पनि अन्य मान्यताबीच भिडन्त गराउन थालिन्छ ।
धार्मिक व्याख्या, विश्लेषण र विश्वासमा ब्रह्माण्डको रहस्य, तर्क र तथ्य नभएकाले कल्पना र चिन्तन बढ्न थालेको प्रमाणित हुँदै गएपछि रहस्य, मिथक, अन्धविश्वासका आधार खस्कदैगए । अन्धविश्वास, अवैज्ञानिकता र अज्ञानतालाई तथ्य र तथ्यले प्रमाणित गर्दै गयो । तर संसारका सबै धर्मका आधार अन्धास्था, तर्क र तथ्यरहित विश्वास र मिथक रहे । जबकी विज्ञानका आधार भनेका तर्क, प्रमाण र अनुभव हुन। सोंच, मान्यता, विश्वास र व्यवहारमा विज्ञान र धर्मबीच टकराहट हरेक कालखण्ड,सभ्यता र भूगोलमा रहे । जव विज्ञानको विस्तारले तर्कपूर्ण समाजिक हस्तक्षेप बढ्दै गयो तब कुनै भगवानको अवतार, पैगम्बर, महान सन्तको जन्म संसारमै भएन । कोविडकालमा त अझ मन्दिर, मस्जिद, चर्च बन्द भए भने देवदूत भनिने पण्डित, इमाम, पादरी र रब्बी गायब भए । तर नोट गर्नुपर्ने विषय भनेको शिक्षित रुढिवाद भने संसार फेरिए पनि म आफनो साेंच भने फेर्दिन भन्नथाले। २१ औँ शताब्दी विज्ञान प्रविधि र तर्कशील तथा विवेकशील मानवको लागि प्रकृति मैत्री र मानतावादी व्यवहारको माग गर्दछ । तर आज पनि अन्धविश्वास, रूढिवाद, पाखण्ड र मूर्खतापूर्ण व्यवहार हेर्दा साम्प्रदायिक शक्ति विश्वमै बढिरहेका छन । त्यो राजनीतिमा उग्रदक्षिणपन्थको हावी हुँनु हो । कहीँ धर्म, कहीँ भाषा, कहीँ जातिय पहिचान, कतै आप्रवाशी विषय उरालिने वर्चश्वशाली तप्काको बहुशख्यकवादी अन्धराष्ट्रवाद कारण बने । “कुनै पनि बच्चा जन्मदा नास्तिक भएर जन्मन्छ। जुन परिवेशमा हुर्किन्छ त्यही आस्थाका मानिसहरूले उसलाई धार्मिक बनाउँछन् । त्यसैमा उ रमाउन थाल्छ, । कालान्तरमा अन्धविश्वास, पाखण्ड र विकृतिको कारण बन्न पुग्छ ।” अझ उसको दिमागमा साम्प्रदायिक विष घोलेदेखी त मानव बम पनि बन्न सक्छ । इतिहासमा क्रुसेड, जिहाद र धर्मयुद्धका विभत्सता देख्न पाइन्छ । अहिले भइरहेका युद्धका कारणमा धार्मिक र जातीय वर्चस्वका लागी नरसंहार हुन् । जब राजनीतिमा मानवीयता र विचारको अन्त हुन्छ तब हरेक देशका शासकहरू धार्मिक उन्माद फैलाएर वर्चस्वका राजनीति गर्न साम्प्रदायिकता फैलाउने गर्छन । त्यसले मानव सभ्यताको मानवीय पक्ष घाइते हुन्छ ।