सिन्धुपाल्चोकमा भिरबाट लडेर दुई जनाको मृत्यु

काठमाडौ साउन ९ 

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भिरबाट खस्दा एक महिलासहित बालकको मृत्यु भएको छ ।

चौतारा साङ्गाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका–११ बस्ने ५ वर्षीय विशेष चालिसेको भिरबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृतक महिला बालकको ठूलीआमा रहेको र उनीहरु इन्द्रावती गाउँपालिका–१० भोटसिपामा रहेको माइत जाँदै गर्दा भिरबाट खसेर खोलाले बगाएको उनीहरुसँगै रहेकी बालकको आमा पार्वती चालिसेले बताएकी छन् । दुवै जनाको शव केही तल खोलामा भेटीएपछि परीक्षणका लागि मेलम्ची लगिएको इलाका प्रहरी कार्यालय नवलपुका प्रहरी निरीक्षक इन्द्रजीत इटनीले जानकारी दिए । घटना दिउँसो भएको हो । शव केही तल इन्द्रावती खोलामा भेटिएको थियो । बाटो निकै अप्ठेरो रहेको र अझै दुर्घटना हुनसक्ने भन्दै स्थानीयले उक्त बाटो प्रयोग नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation