कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने खेलमा लुम्बिनीको कप्तानी रोहित पौडेलले गर्दैछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्।
एनपीएलको अंक तालिकामा कर्णाली हाल ६ अंकसहित चौथो स्थानमा छ। समान अंक भएको चितवन रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ। प्रतियोगितामा जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम ८ अंकसहित दोस्रो स्थानमा छ।
यस्तै दोस्रो खेलमा दिउँसो एक बजे विराटनगर किङ्गस् र चितवन राइनोज खेल्दैछन्। पाँचमध्ये ३ खेल खेलेको चितवन तेस्रो र पाँच खेलमध्ये एक खेल जितेको विराटनगर तालिकाको पुछारमा छ।
एनपीएलअन्तर्गत हिजो भएका खेलमा जनकपुर बोल्ट्सले काठमाण्डौ गुर्खाजलाई र पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई पराजित गरेका छन्।
जनकपुर एक खेल अघि नै प्लेअफमा पुगेको छ।
त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपीएलको प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ ।