कुपिन्डे तालमा टिकटक बनाउदा चिप्लेर एक जना बेपत्ता

पुष्कर पन्थ सुनार साउन  १०, सल्यान ।

सल्यानको कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर एकजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दाङ तुलसीपुर ६ का अन्दाजी ३६ वर्षका वेद बहादुर बस्नेत रहेको अस्थायी प्रहरी चौकी बाबियाचौरले जनाएको छ ।

मंगलबार बिहान साथीसँगै उनी कुपिण्डे ताल घुम्न आएका थिए ।

तालको छेउमा उभिएर टिकटक बनाउने क्रममा मध्यान्ह साढे १२ बजे चिप्लिएर खसेको बाबियाचौरका प्रहरी सायक निरिक्षक सनत शाहले जानकारी दिए ।

बेपत्ता भएका बस्नेतको अहिले खोजिकार्य भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation