Pranmancha

Advertisment

SKIP THIS

क्वालिफायर २ का लागि चितवन र कर्णाली भिड्दै

२ पुस, काठमाडौं 

नेपाल प्रिमियर लिग (एनपीएल) मा अब बुधबारदेखि प्लेअफ चरणका खेलहरू सुरू हुनेछन् । त्यसमा पनि सुरूवातमै यस्तो खेल हुनेछ कि हार्ने टिम बाहिरिन्छ ।

लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर खेल हुनेछ । यो खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरू हुनेछ ।

क्वालिफायर टु मा पुग्नका लागि चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल जित्ने टोली क्वालिफायर टु मा पुग्नेछ । अर्थात अघोसित सेमिफाइनल खेल्नेछ ।

एलिमिनेटरको विजेताले क्वालिफायर वानमा पराजित हुने टोली सँग क्वालिफायर टु मा प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटरमा पराजित हुने टोली बाहिरिनेछ ।

लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए । ८ अंक जोडेपनि नेटरनरेटमा चितवन कर्णाली भन्दा अघि रहँदै तेस्रो भएको थियो ।

अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएपनि ८ अंक जोडेको अर्को टोली काठमान्डु गुर्खाजलाई पछि पार्दै कर्णाली याक्स प्लेअफ पुग्ने चौथो अर्थात अन्तिम टोली बनेको थियो ।

चितवन र कर्णाली दुवैले लिग चरणमा कन्सिस्टेन्ट प्रदर्शन गर्न सकेन । चितवनले सुरूवाती दुई खेल जितेर राम्रो सुरूवात पाएपनि त्यसपछि हार्ने जित्ने क्रम चलिरह्यो । अन्तिम लिगमा जित हात पारेर चितवनले प्लेअफ यात्रा तय गरेको थियो ।

चितवन दुई मिडियम पेस बलर र मध्यक्रममा कप्तान कुशल मल्ल र रवि बोपारामा धेरै निर्भर छ । चितवनले ओपनिङ जोडी धेरै परिवर्तन गरिरहेका छ । चितवनले हसन एइसाखिल, सन्तोष कार्की, दीपक बोहरा, विपिन रावल र लुक बेनकेन्सटाइनलाई ओपनिङ गराएपनि उपयुक्त जोडी भेट्टाउन सकेको छैन ।

कर्णालीले सुरूवाती दुई खेल हारेर पनि लगातार चार खेल जित्यो तर अन्तिम खेलमा फेरि पराजित भयो । जितेको खेलमा पनि तीन खेल निकै क्लोजमा पुगेर जितेको थियो । ब्याटिङ र बलिङ दुवैमा कर्णालीको प्रदर्शन औसत छ । कर्णालीले सोचे जस्तो प्रदर्शन देखाउन सकेको छैन ।

कर्णालीका लागि विलयम बोसिस्टोले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । यस्तै ट्यालेन्ट हन्टबाट आएका युवा स्पीनर विपिन प्रसाद शर्माले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो सम्भावना देखाएका छन् ।

लिग चरणमा यी दुई टोली भेट हुँदा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो ।

चितवन राइनोज सम्भावित ११ : हसन एइसाखिल, सन्तोष कार्की, विपिन रावल, रबि बोपारा, कुशल मल्ल, बासिल हामिद, दिपक बोहरा, अमर सिंह राउटेला, सोेहल तनविर, रिजन ढकाल, रन्जित कुमार

कर्णाली याक्सका सम्भावित ११ : देव खनाल, बाबर हायत, चाडविक वाल्टन, गुल्सन झा, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation