Pranmancha

Advertisment

SKIP THIS

एसइई नेपाल टप कपिलवस्तुका करुण हुँदा जिल्ला प्रथममा मनसुन पाण्डे

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत प्युठानमा मनसुन पाण्डे जिल्ला प्रथम भएकी छन्।
राष्ट्रिय परिक्षा केन्द्रले बुधाबार सार्वजनिक गरेका नतिजा अनुसार कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्यनरत छात्रा पाण्डे जिल्ला प्रथम भएकि हुन् । उनले ४ जीपीए अंक ल्याएकि छन् ।

शिक्षा विकास तथा समन्वय इकाई प्युठानका प्रमुख शिव पण्डितका अनुसार लोक चेतन इङलिस बोर्डिङ स्कुलका विकास रिजालले ३.९० जीपिएका साथ दोस्रो र प्यूठान भ्याली एकेडेमीका योगेश भण्डारीले ३ं.८५ जिपिए ल्याउदै तेस्रो स्थान हासिल गर्न सफल भएका छन । शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले यसलाई प्रारम्भिक नतिजा भनेको छ।

कक्षा नर्सरीदेखि नै प्रथम हुँदै आएकि पाण्डेले एसईईमा जिल्ला प्रथम हुँदा खुसी लागेको बताइन् । स्थायी ठेगाना प्युनपा ८ खप्रेङखोला भएका पाण्डे दम्पती अध्यापनको सिलसिलामा विजुवार टारीमा बस्ने गर्छन् । मनसुनको नतिजाले उनका हजरबुबा ज्ञानबहादुर पाण्डे सबैभन्दा बढि खुसी भएको बताए । ‘बुबाले मनसुनलाई औधि माया र ममता दिएर हुर्काउन सहयोग गर्नुभयो, लामो समय तातेताते गराउनुभयो, त्यसकारण यो नतिजा प्राप्त गर्नलाई मेरो बुबाको महत्वपुर्ण भुमिका रहेको छ ।’ मनसुनका बुबा शेरबहादुर पाण्डेले प्राणमञ्चसँग बताए । उनले छोरीको विज्ञान विषय पढ्ने चाहना रहेको र उनको सो रुची नै आफुहरुको प्राथमिकतामा रहेको पनि बताए । ।

सो नतिजाले आफुहरुलाई थप हौसला मिलेको विद्यालयका प्रधानाध्यापक दुर्गा गुरुङले प्राणमञ्चसँगको कुराकानीमा बताए । छोरीले जिल्ला प्रथम स्थान हासिल गर्दा आफुहरु पनि हर्सित भएको परिवार दम्पतीले बताए । पाण्डेकी आमा रचना र बुवा सेर बहादुर पाण्डे दुवै जना कालिका बोर्डिङकै शिक्षक हुन् ।

 

आमा रचना तथा बुवा शेर बहादुर पाण्डे

एसईईमा प्युठानबाट कुल ४ हजार २०६ जना परीक्षार्थी सहभागि थिए । यस मध्य १३ जनाले ‘ए’ प्लस ल्याएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिव पाण्डितले बताए । ६८ जनाले ए, १ सय ९५ जनाले बी प्लस, ६ सय १७ जनाले बी, १ हजार ६ सय ६१ जनाले सी प्लस, १ हजार ३ सय ९३ जनाले सी, १ सय ९ जनाले डी ग्रेड ल्याएका छन् । १ सय ५० जना विद्यार्थी परीक्षामा सहभागी नै नभएको समन्वय इकाई प्यूठानले जानकारी दिएको हो ।

एसइइ बोर्ड प्रथम होराइजन स्कुल कपिलवस्तुका करुण घिमिरे

“होराईजन सदैव उच्च” नारा बनाएको विद्यालयले नारा जस्तै नतिजा पनि पाएको छ ।
बुधबा्र सार्वजनिक भएको एस।ई।ई परिक्षा २०७८ सालको नतिजामा कपिलवस्तुको बाणगंगा सिद्धिपुरमा रहेको होराइजन अग्रेजी आवासीय माध्यमिक बिद्यालयका करुण घिमिरे नेपाल प्रथम भएका छन् । उनले ४ जिपिए ल्याउदै नेपाल प्रथम भएको बिध्यालयले जनाएको छ। एस।इ।ई।को हकमा ४ जिपिए सम्पुर्ण कुल नतिजा हो ।

यो नतिजा संगै उनको र बिद्यालयको चर्चा चलेको छ । कपिलवस्तु जिल्लााकै पहिलो क बर्गको बिद्यालय समेत रहेको होराइजनले उत्कृष्ट नजिता समेत ल्याएको छ । जसमा ए प्लस ग्रेडमा १६ जना, ए ग्रेडमा २४ जना, बि प्लस गे्रडमा ४ जना बि ग्रेडमा १ जना र सि प्लस ग्रेडमा १ जना पास भएको बिद्यालयका प्रार्चाय बासुदेव घिमिरेले बताए । विद्यालयले कुरामा हैन नतिजामा बिश्वास गर्छौ भन्ने कुरा सावित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation