Pranmancha

Advertisment

SKIP THIS

पशुपति विद्याश्रमले गर्‍याे मानव “सेवाघर”लाई ५० हजारकाे सहयोग

घोराही उपमहानगरपालिका १० नारायणपुरमा रहेको पशुपति विद्याश्रमले आफ्नो विद्यालयको २९ औँ वार्षिक उत्सवको अवसरमा मानवीय काम गरेको छ। विद्यालयले वार्षिकोत्सबकाे अवसरमा नारायपुरमा रहेकाे सेवा घरलाई ५० हजार बढी रकमकाे चामल, दाल, तरकारी लगायतका अत्यावश्यक खाद्यान्न सामाग्री सहयाेग गरेकाे विद्यालयका प्रधानाध्यापक केशव थापाले बताएका छन् ।

सहयाेग हस्तान्तरण कार्यक्रममा पशुपति विद्याश्रमका प्रिन्सिपल एवम् सेवाघरका अभिभावक केशव थापा, पशुपति विद्याश्रम पिस क्लवका अध्यक्ष संगीत खड्का, शिक्षक सञ्जीव पाैडेल, टाेपेन्द्र बस्नेत, विद्यार्थी लगायतको उपस्थिति रहेकाे थियाे ।

 

सेवाघरमा रहेका बेसहारा आमाबुवा तथा छाेराछाेरीहरुकाे सहयोगी संस्थाले गरेकाे सहयोगले ठुलाे राहत पुगेकाे सेवाघरले जनाएको छ । दाताप्रति सम्मान टक्क्राउँदै सेवाघर परिवारले भनेकाे छ: “घोराही उपमहानगरपालिकाको सहकार्य र समन्वयमा संचालित मानवताको नगर निर्माण अभियानमा सेवा गर्ने पशुपति विद्याश्रम परिवारलाई संस्थालाई धेरै धेरै धन्यवाद प्रकट गर्दछौं ।”

संस्थाले मंगलबार आश्रममै पुगेर दाल ७५ किलाे, चामल दुई क्विन्टल, आलु १५० किलाे, तेल, मसला, हरियाे सब्जि, साबुन लगायतका सामाग्री प्रदान गरेकाे हाे । यी सबै सामग्रीको मुल्य ५० हजार बढीकाे रहेकाे विद्यालय परिवारले जनाएको छ ।

साताव्यापी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरिरहेको साे विद्यालयले यही पाैष २७ गते आफ्नो २९ औं वार्षिकोत्सब मनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation