अमर दर्लामी मगरकाे लय तथा शब्द संकलन रहेकाे “त्याे रुपमा जादु छ” बाेलकाे गीत बिहीबार सार्वजनिक भएको छ ।
विन्दबासिनी म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको साे गीतमा प्यूठानी उदयमान कलाकार, कर्णप्रिय स्वरका धनी एवम् स्रष्टा विनाेद परियार र चर्चित गायिका मेलिना राईकाे सुमधुर स्वर रहेकाे छ ।
मायाप्रेममा आधारित रहेकाे माैलिक गीतमा अभिनय बद्री तिवारी र ज्याेति खड्काले गरेका छन् ।
यसकाे बजार व्यवस्थापनकाे जिम्मा विन्दबासिनी म्युजिक प्रालिलाई दिइएको गीतका सर्जक अमर दर्लामी मगरले प्राणमञ्चसँग बताएका छन् ।
-हेर्नुहोस भिडियो