Pranmancha

Advertisment

SKIP THIS

‘पृथ्वीनारायण शाहकै कारण सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ’ : राष्ट्रपति पौडेल

२७ पुस, काठमाडौं 

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपालीले अहिले सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताएका छन्।

पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा शुभकामना दिँदै उनले ​ससाना राज्यलाई एकीकरण गरेर पृथ्वीनारायण शाहले आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताएका छन्। विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहेको तर्क उनले गरेका छन्।

‘यही आधारभूमिमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेका छौँ’, उनले भनेका छन्, ‘स(साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन।’

सन्देशमा राष्ट्रपति पौडेलले पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको तर्क गरेका छन्। ‘उहाँका दिव्योपदेश हामीलाई अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको छ’, उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation