Pranmancha

Advertisment

SKIP THIS

राष्ट्रलाई समृद्ध बनाउन शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्ण रहेको बताएका छन् । शिक्षाले राजनीतिलाई पनि ठीक दिशामा लैजाने उनको भनाइ छ ।

शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘समाज जस्तो बन्छ, वा समाजलाई सञ्चालन गर्ने राजनीति जस्तो हुन्छ, मुलतः शिक्षा त्यसबाट निर्देशित हुन्छ । तर शिक्षाको विकास, शिक्षाको गुण, शिक्षाका लक्ष्य जस्ता हुन्छन्, समाज त्यस दिशामा जानसक्छ, लैजाने कामहरु गरिन्छ । त्यो सन्दर्भमा राजनीतिलाई शिक्षाले ठिक दिशामा लैजाने महत्वपूर्ण भूमिका खेल्छ ।’

समाजलाई अगाडि लैजान, राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्रिय एकतालाई खँदिलो बनाउन, राष्ट्रको संस्कार, संस्कृतिलाई विकास गर्न र मानव जातिलाई उन्नत ठाउँमा लैजान पनि शिक्षा महत्वपूर्ण रहेको उल्लेख गरे ।

शिक्षालाई माध्यम बनाएर नेपालीहरु जीविकोपार्जनका लागि विदेश जाने गरेको बताउँदै उनले शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन जरुरी रहेको बताए । उनले नेपाललाई शिक्षाको हब बनाउने गरी अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation