३ बुँदे सहमतिबाट सरकार भागे देश अँध्यारोमा फस्छ, हामी पनि हातमा दहि जमाएर बस्दैनौँ– विप्लव

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले तीनबुँदे सहमति उल्लंघन गरेर सरकारले शान्तिप्रक्रिया भाँड्न खोजेको आरोप लगाएको छ। सरकारले शान्तिप्रक्रिया भाँड्न खोजेको आरोप लगाउँदै आफूहरूको एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा रहेको चेतावनी दिएको हो।

पाँच महिनासम्म चलेको ओली सरकार र वर्तमान गठबन्धन सरकारले पनि इमानदारिताका साथ सहमति पालना नगरेको सोमबार सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘पार्टी, नेतृत्व, कार्यकर्ता र समर्थक जनता नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रकाण्ड लगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारीप्रति ४ कम्युनिस्ट पार्टीले घोर निन्दा एवम्‌ भर्त्सना गरेका छन् ।

नेताहरूको विरुद्ध पक्राउ पूर्जी जारी गर्नु हद दर्जाको बेइमानी, शान्ति र राजनीतिक स्थिरता विरोधी तथा देशलाई द्वन्द्वतिर धकेल्ने षड्यन्त्र भएको भन्दै उनीहरूले राजनीतिक बन्दीहरूको रिहाइ र झुठ्ठा मुद्दाहरू खारेज गर्नुको सट्टा गरिएका यस्ता गैरजिम्मेवार र जनविरोधी हर्कतको घोर निन्दा एवम्‌ भर्त्सना गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले एक विज्ञप्ति जारी गर्दै सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग २०७७ फागुन २१ गते गरेको सहमति अनुसार झुक्ठा मुद्दा खारेज गर्न, बन्दीहरूलाई रिहाइ गर्न र चार कम्युनिस्ट पार्टीसँग राजनीतिक छलफलमा आउन अनुरोध गरेका छन । उनीहरुले राष्ट्रिय स्वाधीनता, महँगी, भ्रष्टाचारका विषयमा निरन्तर सङ्घर्ष गर्दै आएको बताउदै सरकारले भने क्रान्तिकारी र देशभक्त शक्तिहरूको एकतालाई भाँड्न र जनसङ्घर्षको गला रेट्न चाहेको बताउदै यसप्रकारको सरकारी रवैयाको भण्डाफोर गर्न र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्षमा अविचलित भई उभिन सबै क्रान्तिकारी, देशभक्त, बुद्धिजीवि, कानुन व्यवसायी, मनवअधिकारवादी, पत्रकारलगायत आमजनसमुदायसँग अपीलसमेत गरेका छन ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ले संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिको पूर्ण विवरण –

आज हामी चार पार्टीको जानकारीमा आए अनुसार, शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग, तत्कालिन ओली सरकारसँग भएको ३ बुँदे सहमतीको गम्भिर उल्लङ्घन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव, प्रवक्ता कमरेड प्रकाण्ड, कमरेड सन्तोष बुढामगरलगायत नेताहरूको विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले तत्कालीन ओली सरकारसँग भएको ३ बुँदे सहमती अक्षरशः पालना गरिरहेको अवस्थामा देउवा सरकारले उक्त सहमती इमानदारीपूर्वक लागु गर्नुको सट्टा सहमती-पत्रमा हस्ताक्षर गरेकै नेताहरूको विरुद्ध पक्राउ पूर्जी जारी गर्नु हद दर्जाको बेइमानी, शान्ति र राजनीतिक स्थिरता विरोधी तथा देशलाई द्वन्द्वतीर धकेल्ने षड्यन्त्र हो। राजनीतिक बन्दीहरूको रिहाइ र भझुठ्ठा मुद्दाहरू खारेज गर्नुको सट्टा गरिएका यस्ता गैरजिम्मेवार र जनविरोधी हर्कतको हामी घोर निन्दा एवम्‌ भर्त्सना गर्दछौं ।
सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग २०७७ फागुन २१ गते गरेको सहमति अनुसार झुक्ठा मुद्दा खारेज गर्न, बन्दीहरूलाई रिहाइ गर्न र चार कम्युनिस्ट पार्टीसँग राजनीतिक छलफलमा आउन अनुरोध गर्दछौं । हामीले राष्ट्रिय स्वाधीनता, महँगी, भ्रष्टाचारका विषयमा निरन्तर सङ्घर्ष गर्दै आएका छौं ।
सरकार भने क्रान्तिकारी र देशभक्त शक्तिहरूको एकतालाई भाँड्न र जनसङ्घर्षको गला रेट्न चाहन्छ । यसर्थ, यसप्रकारको सरकारी रवैयाको भण्डाफोर गर्न र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्षमा अविचलित भई उभिन सबै क्रान्तिकारी, देशभक्त, बुद्धिजीवि, कानुन व्यवसायी, मनवअधिकारवादी, पत्रकारलगायत आमजनसमुदायसँग अपील गर्दछौं ।

ललितपुर जिल्ला अदालतले आज जारी गरेको पक्राउ पुर्जीको घटनाले त सरकार तथा राज्यका निकायहरू झुटा मुद्दा खारेज गर्ने र राजबन्दी रिहा गर्ने तीनबुँदे सहमितको तेस्रो बुँदा लागू गर्नुपर्ने प्राथमिक कार्यकै विरुद्ध उत्रिएको प्रस्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

हातहतियार तथा खरखजाना मुद्दामा म्याद बेपत्ते तामेल भएको भन्दै ललितपुर जिल्ला अदालतले विप्लवसहित सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय सदस्यहरू टेकबहादुर केसी, भरतबहादुर बम, सुरेश रानामगर, पदम राई, उदयबहादुर चलाउनेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

आफ्नो पार्टीविरुद्ध गरिएको उक्त कदमले अन्ततः अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्‍याएको विप्लव नेतृत्वको नेकपाको दाबी छ। तीनबुँदे सहमतिविरुद्ध सरकारले आज घटाएको घटनालाई तुरुन्त नरोकिए आफूहरू ‘हातमा दही जमाएर नबस्ने’ सो पार्टीको चेतावनी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation