Pranmancha

Advertisment

SKIP THIS

अमेरिकामा फेरि अर्को जहाज दुर्घटना!

अमेरिकामा फेरि अर्को जहाज दुर्घटना भएको छ । पेन्सिलभेनियास्थित फिलाडेल्फियामा निजी जहाज दुर्घटना भएको हो।

रोयटर्सका अनुसार शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक एउटा प्राइभेट विमान दुर्घटना भएको हो।

फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड-ब्रान्सन विमानस्थल जाँदै गरेको विमानमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको अमेरिकाको उड्डयन विभागले जनाएको छ।

दुर्घटना भएको लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स) भएको बताइएको छ।

जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो जहाज दुर्घटना भएको विज्ञप्तीमार्फत जानकारी दिएको छ।

विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनको हेरचाहमा आएका एकजना सवार थिए।

विमान तीव्र गतिमा खसेको र घना आवादी भएको सहरको जमिनमा बजारिएको रोयटर्सले समाचारमा उल्लेख छ।

जमिनमा खसेलगत्तै जहाजमा आगो लागेको र केहीबेरमै भीषण रूप लिँदै विस्फोट भएको थियो।

विमानमा सवारमध्ये कोही पनि ज्युँदो नरहेको आशंका गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

दुर्घटनापछि उत्तर-पूर्वी फिलाडेल्फियाका भवनहरू, घरहरू र सवारीसाधनहरूमा आगजनी हुनुका साथै मानिसहरू घाइते भएका छन् । ‘हामीलाई थाहा छ कि त्यहाँ क्षति हुनेछ,’ पेन्सिलभेनियाका गभर्नर जोस शापिरोले दुर्घटनास्थलमा एक पत्रकार सम्मेलनको क्रममा भने, यसलाई ‘यो भयानक उड्डयन प्रकोप हो।’

यसअघि पनि अमेरिकामा ठूलो जहाज दुर्घटना भएको थियो। जसको एक साता बित्न नपाउँदै यो घटना भयो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation