जाडो या गर्मी मौसममा छालामा देखिने समस्या तथा रोकथामका उपायहरुका विषयमा विभिन्नखाले बहरहरु यत्रतत्र छन् । जाडो महिनामा चिसो हुने, थोरै आद्रता हुने, लामो समय घाम ताप्ने, लामो समय हिटरमा बस्नाले छालाका कोशिकामा पानीको मात्रा कम हुन गइ छाला सुखा हुने, चिलाउने, पोल्ने, हात खुट्टा, ओठ अनुहार फुट्ने जस्ता समस्याहरु आउने गर्दछन् ।
- जाडोमा देखिने छाला सम्बन्धि समस्याहरु
एलर्जी
जाडो मौसममा शरीर चिलाउने, रातो हुने तथा छालाबाट कत्ला–कत्ला निस्कने समस्या एलर्जीजन्य समस्या हुन् ।
छाला फुस्रो हुनु
छालामा पानी तथा तेलको कमि भएर छाला चिलाउने, चिलाउदा रगत समेत आउने, छाला सुक्खा हुने र छाला फुस्रो हुन्छ ।
डन्डीफोरको समस्याः जाडो मौसममा छाला सुक्खा हुने भएकोले हाम्रो छालामा रहेका ग्रन्थीहरुले छाला सुक्खा हुन नदिन खोज्दा ग्रन्थीहरु बन्द भई डन्डीफोर बढी देखिने गर्दछ ।
ओठ तथा हात खुट्टा फुट्ने समस्याः जाडो मौसम मा चिसो हावा, हावामा हुने धुलोका कण तथा छाला सुक्खा हँुदा ओठ तथा हात खुट्टा फुट्ने समस्या हुन्छ।
कोल्ड अर्टिकरिया
बाहिरी वातावरणमा तापक्रम कम हुँदा छालामा रातो रातो डाबर आउने र चिलाउने हुन्छ। चिसोका कारणले यो समस्या आउने भएकोले यसलाई कोल्ड अर्टिकरिया भनिन्छ यो समस्याले बिहान बेलुका बढी सताउने गर्दछ ।
कत्ले रोगः शरीरमा चिलाउने रातो हुने र सेतो कत्ला–कत्ला निस्कने हुन्छ । यसलाई सोरायासिस पनि भनिन्छ। यो रोग प्रायजसो घुडा, टाउको, तथा कुइनोमा देखिने गर्दछ ।
रोकथामका उपाय
छालालाई सुक्खा हुन नदिन नारिवलको तेल अथवा भ्यास्लिन वा मोस्चराइजर पटक–पटक लगाउने। पानी तथा झोलिलो खानेकुरा प्रशस्त मात्रमा पिउने । हाम्रो दैनिक आहारामा हरिया सागपात, फलफुल, दुध तथा दुधजन्य परिकार, गेडागुडी तथा माछामासु समावेश गर्ने ।
पुरै शरीर ढाक्ने कपडाको प्रयोग गर्ने र भित्रि वस्त्रहरु कटनको प्रयोग गर्ने ।
धेरै नजिक बाट हिटर तथा आगो नताप्ने ।
ओठ फुट्नबाट बचाउन लिप बाल्मको प्रयोग गर्ने ।