Pranmancha

Advertisment

SKIP THIS

यस्ता छन् प्यूठानमा वृद्धको हत्या गर्नुका प्रमुख कारणहरु

गौमुखी गाउँपालिका वडा नम्वर ५ खुङको उपल्लो फुर्सेधारामा शुक्रबार विहान एक वृद्धको शव भेटियो । टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट र रगताम्बे अवस्थामा फेला परेका व्यक्ति सोही ठाउँका ६९ वर्षीय चिन्तामणी उपाध्याय थिए ।

घटनालगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान अघि बढायो । प्रहरी निरीक्षक केशव केसी सहितको टोलीले घटनामा प्रयोग भएको भरुवा बन्दुकको पछाडीको भाग फेला पार्‍यो । मृतकको सिडिआर (कल डिटेल रेकर्ड) समेत प्रहरीले अध्ययन गर्न थाल्यो । जसले मृतक र पक्राउ परेकी बुहारी नाता पर्ने ५० वर्षीया जेदु कुमारी न्यापानेबीचको कनेक्सन भेटियो । जसले प्रहरीलाई अनुसन्धान अगाडी बढाउन सहज बनायो ।

घटनाको कारण

१) प्रहरीले उक्त घटना हुनुको पछाडी ३ वटा कारण औल्याएको छ । पक्राउ परेका ५१ वर्षीय लोक बहादुर गिरी र जेदु कुमारी न्यौपानेबीच विगतदेखी आवैध शारिरीक सम्बन्ध रहेको र उक्त कुरा मृतक उपाध्यायलाई समेत जानकारी भएको ।
२) करीव १ वर्ष अगाडी दुवै जना जेदुकुमारी न्यौपानेको घर कोठामा सुतेको अवस्थामा उपाध्यायले कोठाको चुक्कल लगाइ दिएको र उक्त घटना छरछिमेकीले थाहा पाएको र दुवै जनाले उपाध्यायलाई मार्ने गरि रिइसिबी लिएको ।
३) मृतक उपाध्याय र जेदकुमारीबीच लामो समयदेखी निरन्तर फोन सम्पर्क हुने गरेको ।

अनुसन्धानमा प्रहरीको सक्रियता
घटनामा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्याल सहित प्रहरी निरीक्षक केशव केसी लगायत करीव ५० जना प्रहरी परिचालन भएको थियो । “जेदु कुमारी र लोक बहादुर गिरीले बेलुका ६ बजेतिर भेटेर उपाध्यायलाई मार्ने योजना बनाएका रहेछन,” प्रहरी निरीक्षक केसीले भन्नुभयो,“करीव ८ बजेतिर मृतक उपाध्यायलाई जेदुकुमारीले फोन गरेर घटनास्थलमा भेट्न बोलाई ढुंगा र भरुवा बन्दुकले हानेर मारेका रहेछन् ।” जेदुकुमारीले उपाध्यायलाई राती ८ बजे भेट्न बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सक्रियतापूर्वक अनुसन्धान गरेर जेदुकुमारीलाई आफ्‌नै घरबाट र लोक बहादुर गिरीलाई भागेको अवस्थामा जंगलबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । “गिरी घरदेखी करीव ४ किलोमिटर टाढा जंगलमा लुकेर बसेका थिए,” उहाँले भन्नुभयो, “प्रहरीले घेरावन्दी गरेर नियन्त्रणमा लिएको हो ।” उनीहरुले मृतकले प्रयोग गर्ने मोवाईल फुटाएर जंगलमा फालेका थिए । नगद सात हजार रुपियाँ जेदुकुमारीले राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका न्यौपाने र गिरीको नाता सम्वन्ध ज्वाई र दिदिसासुको रहेको प्रहरीले जनाएको छ । जेदुकुमारीको श्रीमान भारतमा बस्दै आएको र गिरीको घरमा श्रीमति सहित छोरा छोरी र बुहारी रहेको प्रहरीले जनाएको छ ।

मदिरा र अवैध शारिरीक सम्वन्ध
अनुसन्धानले दुवै जना पक्राउ परेका व्यक्तिले दैनिक मदिरा सेवन गर्ने गरेको देखिएको प्रहरीको भनाई छ । मदिरा सेवन गरि गिरीले घरमा श्रीमतिसँग समेत झगडा गर्ने गरेका थिए । हत्या भएको ठाउँमा जाँदा समेत दुवै जनाले कोदोको रोटी र मदिरा लगेर खाएका थिए । अवैध शारिरीक सम्वन्धका कारण नै घटना भएको प्रहरीको भनाई छ । यस्ता गतिविधि समाजमा बढ्दै गएको समेत प्रहरीले जनाएको छ ।
प्रहरीले आईतबार पत्रकार भेटघाटन गरि घटनाको बारेमा जानकारी गराएको हो । आरोपित दुवै जनालाई प्रहरीले अदालतबाट म्याद थप गरि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation