२० माघ, रोल्पा
जन्मोत्सवको नयाँ अभ्यास, सत्कर्मको प्रयास भन्ने मूख्य अभिप्रायकासाथ सञ्चालित विद्यालय र विद्यार्थीसंग जन्मदिन कार्यक्रम अन्र्तगत संस्कारगत जागरण अभियानलाई विद्यालयको जन्मदिनकोषमा तुलसीपुर ६ दुधेना निवासी चन्द्रप्रभा माविका पूर्व विज्ञान शिक्षक नेत्रलाल भट्टराईले आफ्नो ३६ औं जन्मदिनको अवसरमा तीन हजार ६ सय र सुनिलस्मृति ३ मिझिङ निवासी यस विद्यालयका पूर्व विद्यार्थी सुरेन्द्र थापाले ३० औं जन्मदिनको अवसरमा ३ हजार सहयोग उपलब्ध गराउनुभएको छ ।
हिंजो माघ १९ मा ३६ बर्ष पुग्नुभएका भट्टराईले र आज तीस बर्ष पुगेका थापाले उपलब्ध गराएको आर्थिक सहयोग आज एक कार्यक्रमका बीच विद्यालय परिवारलाई हस्तान्तरण गरिएको हो । सोही अवसरमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी नवीन थापा सहित विद्यालयलाई सहयोग गर्ने भट्टराई र थापालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर कुमार बिष्ट शुभकामना सहित धन्यवाद व्यक्त गर्नुभयो । नेत्रलाल भट्टराई विद्यालयमा अक्षयकोष स्थापना गर्ने पहिलो व्यक्ति पनि हुनुहुन्छ । गत महिना सरुवा भएर सल्यान जाँदै गर्दा उहाँले ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरकुमार बिष्टको अध्यक्षतामा र विद्यालयका शिक्षक दुर्गा रोकाको सहजिकरणमा सम्पन्न भएको हो ।