रुकुमपुर्वमा सुरक्षाकर्मी बोकेको जीप दुर्घटना हुँदा एक सिपाहिको मृत्यु, गंभिर घाइतेहरुको हेलिकप्टरमार्फत उद्दार हुँदै

रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायमा प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुम रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ ।घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन लागि नेपाली सेनाको हेलिकप्टर आउन लागको जनाईएको छ । दुर्घटनामा एकजना प्रहरी जवानको घटनास्थलमै मृत्युु भएको छ।

गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा पुग्दैछ ।रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डिएसपी डाँगीलाई टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी लक्ष्मण बुढा गम्भीर घाइले हुनुभएको छ ।
सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते हुनु भएको छ । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित छ जना सुरक्षाकर्मी सवार हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation