जनप्रतिनिधि सार्वजनिक विदाकाे दिन पार्टीको काममा जाँदा दुर्घटनामा

साउन २८, सल्यान ।

शनिबार सार्वजनिक बिदाकाे दिन नेपालगञ्ज जाँदै गरेकाे सल्यान कुमाख गाउँपालिकाकाे सरकारी गाडी एउटा भ्यान सँग ठाेकिएकाे छ ।

शनिबार सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ क्रसर उद्योग नजिकै गाउँपालिकाकाे बा २ झ ४२४६ नम्बरको सरकारी गाडी र कर्णाली प्रदेश ०२ ००१ च ०२५९ नम्बरको रिटाेटलिङवाला भ्यान एकआपसमा ठाेकिएका हुन् ।

दुर्घटनामा सबै सवार यात्रु सकुशल छन् भने दुवै गाडीमा क्षेती पुगेकाे छ ।

शनिबार सार्वजनिक विदाकाे दिन जिल्ला प्रशासनबाट पास कार्ड ल्याएर कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथाेकी सरकारी गाडीमा नेपालगञ्ज जाँदै थिए ।

बिदाकाे दिनमा पनि किन सरकारी गाडी प्रयाेग गर्नुभएकाे भन्ने लेकाली अनलाइनकाे जवाफ दिदै अध्यक्ष बुढाथाेकीले भने, ‘हाम्राे पार्टीकाे केन्द्रीय समितिले हामीलाइ काठमाडाैं बाेलाएकाे थियाे । त्यसैका लागि नेपालगन्जबाट जहाजमा जानलाइ प्रशासनबाट अनुमति लिएर गाडीमा गएकाे हुँ ।’ उनि नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation