नेपाल कम्युनिस्ट पार्टी सल्यानद्वारा नेता लाेकपालप्रती शाेकसभा सम्पन्न

साउन २९ सल्यान ।

नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य लाेकमान खत्री क .लाेकपाल को मृत्यु भएको १२ औ दिनपछि नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्ला समितिद्वारा आयोजित शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ! सल्यानी क्रान्तिकारी अान्दोलन तथा जनतामा निकै लाेकप्रिय रहेका क.लाेकपाल जनयुद्धको कठिन परिस्थिति हुदै एकीकृत जनक्रान्तीसम्म जिल्ला सेक्रेटरी,इन्चार्ज तथा हाल विषेश कमिटी सदस्यमा कार्यरत हुनुहुन्थ्यो ।

क.महेन्द्रको शोक कार्यक्रम बोल्दै उनकाे परिवारकाे तर्फबाट भाइ ओमकार के. सि ले मृतक दाइप्रती श्रद्धाञ्जली व्यक्त गर्दै समाज अामुल रुपान्तरणकाे सपना पुरा गर्ने म र हाम्रो परिवार अविचलित छ, मेरो दाइकाे रहस्यमय घटना को राज्यलाई गम्भीर रूपमा छानबिनकाे माग गर्नुभयाे ! शोक कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुकाे उपस्थिति  रहेको थियो ! नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्दका धुर्व ,नेपाली काङ्ग्रेसका नवराज ,नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष हरि के.सी ,नेकपा एमाले जिल्ला कमिटी सचिव तथा छेत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी लगायत शिक्षक, बुद्धिजीवी र परिवारिक पक्षको उपस्थित रहेकोे थियो !

क .लाेकपाल प्रती शोक मन्तव्य राख्ने सबै राजनीति दलहरूले लोकपाल कम्युनिस्ट आन्दोलन एक होनहार याेद्दा गुमाउदा आज सल्यान जनताहरुमा ठूलो क्षति भएको र लोकपाल सबै राजनीति दलहरु संग सहकार्य गर्न्रे नेता भएको बताए !बिकासमा सक्रिय सहभागीताका साथै उहाँले सबै निकायसंग राम्रो सल्लाह सुझाव दिने गरेको पनि बताए !आज यति कुशल अभिभाभवकाे मृत्यु हुदा सबै क्षेत्रमा ठुलो क्षति भएको पनि बताए ।

शाेक कार्यक्रमका प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सबिन पोख्रेलले शाेक मन्तव्य राख्दै क.लोकपालप्रती हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समबेदना प्रकट गर्दै लोकपाल कम्युनिस्ट आन्दोलनको खम्बा हो, उहाँले कम्युनिस्ट आन्दोलन र देश परिवर्तनको लागि उहाँले निरन्तर संघर्ष गर्दै जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि अन्यायको विरुद्ध निरन्तर खबरदारी गर्ने व्यक्ति हाे, आज हामिलेले गुमाउदा नेपाली कम्युनिस्ट आन्दोलनमा अतुलनीय क्षति भएको र यो मृत्यु हुनुको कारण रहस्मय भएको भन्दै घटना को सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्नेका लागि हाम्रो पार्टी निकै सचेत भएर लागेको र यो घटना को छानबिनमा सहयोग गर्न सबै राजनीति दल समाजसेबी न्याय प्रेमी जनसुदाय लाई आग्रह समेत गर्नु भएको छ ! उहाँले क.लोकपालले विषेशगरि महान जनयुद्धको समयमा हजारौं नेताकार्यकर्ता तथा जनमुक्ति सेनाकाे कुशल व्यवस्थापन सहित जस्तो सुकै परिस्थितिमा अगाडि बढ्न हाैसला प्रदान गर्दै जनमुक्ति यात्रामा जीवन व्यतीत गरेका क.लाेकपालले माअाेवादी अान्दोलन विभाजन र एकीकृत जनक्रान्तीकाे यात्रामा गरेको याेगदानकाे विषेश स्मरण गर्नुभयो ।एक अर्को प्रसंग स्मरण गर्दै उहाँले कहिल्यै पनि जनताको पक्षमा हुने अान्दोलनमा धाेका  नदिने एक्लै हुदा सम्म क्रान्तिकाे झण्डा उचाल्ने प्रतिवद्दता व्यक्त गरेको कुरा स्मरण गर्नुभयो ।आन्दोलन जनता पक्षमा रहेको सपना र त्यो एउटा लोकपाले देखेको सपना मात्र नभएर सिङ्गो मानवजातीकाे मुक्तिकाे सपना बैज्ञानिक समाजबाद ल्याएर छोडने सपना पूरा नभएको भन्दै हाम्रो पार्टीले पूरा गर्ने प्रतिवद्दता र अठोट व्यक्त गर्नुभयो ।यो सपना उहाँकाे परिवार गाउँ -समाजले उहाँ मरेर गएपनि जीवितै राख्न सबैकाे अहम भुमिका उतिकै महत्त्वपूर्ण भएको बताए !

शाेक सभा कार्यक्रम को संचालक जिल्ला कार्यलय सदस्य मदन चन्दले गर्नु भएकोे थियो भने कार्यक्रममा सभा अध्यक्ष जिल्ला सेक्रेटरी नारायण चन्दले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation