सल्यानकाे दार्माकाे एक विद्यालयमा ठेकेदार पक्षद्वारा तालाबन्दी, विद्यार्थीकाे पठनपाठन ठप्प

साउन ३० सल्यान ।
सल्यानको दार्मा गापाउँलिका वडा न:१ राष्ट्रिय  माध्यामिक विद्यालय दार्माकोटमा काम गरेका ठेकेदार पक्षले  आफुले विद्यालयमा श्रम गरेको ज्याला नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । दार्माकोट राष्ट्रिय माध्यामिक विद्यालय किन पटकपटक भई पठनपाठनमा समस्या भएको भन्दै अभिभावकले आक्रोश व्यक्त गरेको छ्न् । ५ सय ६ सय विद्यार्थीले दैनिक पढिरहेको विद्यालयमा तालाबन्दी हुँदा विद्यार्थीकाे पठनपाठन अवरुद्ध भएको छ ।

विद्यार्थी काे पठनपाठन अवरुद्ध हुँदा  विद्यालय व्यवस्थापन  समिति र विद्यालय  प्रशासनको कुनै ध्यान नगएको भन्दै अभिभावकहरुले पनि प्रशासनलाई खबरदारी गर्नुपरेकाे  बताउँछन्। कतै हाम्रो सुन्दर भविष्य देखेका बालबालिकामाथि खेलावाड हुँदै छ कि ? भनेर अभिभावकहरु चिन्तित रहेको एक जना अभिभावक बताउँछन । साथै उनलेे विद्यालयमा पढाइ भन्दा राजनीतिक स्वार्थ पुरा गर्ने थलो भएको भन्दै आक्रोश व्यक्त गरे। तालाबन्दी किन भयो ? के कारण भयो भन्ने हाम्रो जिज्ञासामा साेहि विद्यालयमा विद्यालयकाे पर्खाल निर्माणकाे असार मसान्तसम्म भुक्तानी हुनुपर्ने १० लाख रकम नपाएको गुनासो व्यक्त गर्दै, श्रम गरेका ठेकेदार पक्षले  मजदुर र अाफुहरुले लामो समयसम्म आफुहरुले काम गरेको पैसा नपाएकाेले अान्दोलन गर्नुपरेकाे बताए उनले थपे ´हामीलाई विद्यालय व्यवस्थापन समितिले ले   कोहि कसैले वास्ता गरेनन्, श्रम गरेर अाफ्नाे परिवार पाल्ने स्थिति भएपछि दबाबस्वरुप तालाबन्दी गरेको हाैँ ।

 

अभिभावक र विद्यार्थीले विद्यालयमा अाएकाे समस्यालाई तुरुन्तै वार्ता र संवादबाट हल गरि पठनपाठन सहज बनाउन माग गरेका छन् ।  प्राणमञ्च डटकम काे सम्पर्कमा अाएका एक विद्यार्थीले शैक्षिकसत्र पहिलो चरण बितिसक्दा पनि पठनपाठन प्रभावकारी नभएको भन्दै पढाईलेखाइ सहज बनाउन सबै पक्षले पहल गर्ने जाेडदार माग गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation