


साउन ३१, सल्यान ।
सल्यानमा दाइले एसिड प्रहार गर्दा भाइ र बुहारी गम्भीर घाइते भएका छन ।जिल्लाको दार्मा गाउपालिका वडा नम्बर ३ चम्पुटाकुरा दाइले प्रहार गर्दा भाइ र बुहारी गम्भीर घाइते भनाएका छन् ।
सोमबार साझ ६ बजे कामको सिलसिलामा दार्मा गाउपालिका बाट घर फर्केको र घर पुगेको केही समय भित्रै दाइ बेचे रावतले भाइ भिम बहादुर र बुहारी लाई एसिडप्रहार गर्दा घाइते भनाएका हुन । साथै अर्का १ भिम बहादुर रावत पनि एसिड आक्रमणमा घाइते भएका हुन ।
घरको आर्थिक लेनदेनको कारण दाइले भाइलाइ एसिड प्रहार गरेको भन्ने प्रारम्भिक अनुमान गरिएको छ ।
एसिस छर्कने बेचे रावत प्रहरीको नियन्त्रणमा रहेको र अहिले इलाका प्रहरी कार्यालय थारमारेमा रहेको जनाइएको छ ।
घाइते तिनै जनाको नेपालगन्जमा उपचार भैरहेको छ।