प्रेमको जाल पारी आर्थिक लाभ लिने दाङको महिला गिराेह पक्राउ

भाद्र २ दाङ ।

प्रेमको जालमा पारी आर्थिक लाभ लिने खोज्ने दाङका एक गिरोहलाई जिल्ला प्रहरी कार्यालय दाङले प्रक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले बिहिवार सार्वजानिक गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेको दिनेश घर्ती मगरलाई मायाप्रेमको नाटक गरी रकम असुली गर्ने रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ५ का ४० वर्षिय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका वडा नं. १० पवित्रा डाँगी, सोही ठाँउका ३२ वर्षिय बिमला डाँगी, २९ वर्षिय शान्ता नेपाली र २२ वर्षिय सर्मिला भनिने पर्मिला नेपाली रहेको छन् ।

पक्राउ परेकी सर्मिला नेपालीले पीडित घर्तीलाई साउन २६गते राती ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा कोही भन्दै बोलाई पक्राउ परेका अन्य चारजना केहीबेरमा घरमा आएको डरधम्की दिई नगद १ लाख र २/२ लाखका २ वटा चेक फरक फरक मितीमा र एएटा चेक ७ लाख २० गरी १२ लाख २० हजार रुपैया बेइमानी पूर्वक लाभ लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुुख एसपी सुुरेश काफ्ले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

जसलाई प्रहरी बरामद समेत गरिसकेको उनले बताए । पक्राउ परेकाहरु मुुलुक फौजदारी कार्यविधि संहिता २०७४ अनुुसार आपराधिक लाभ शिर्षकमा मुद्धा दर्ता गरी अनुुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation