देशको दिगो बिकासका निम्ति व्यवस्थित सहर जरुरी भयो :देउवा

भाद्र ११ काठमाडौ  – प्रधानमन्त्री शेरबहादुर देउवाले देशको दिगो र द्रुत विकासका लागि व्यवस्थित सहरीकरणको आवश्यक्ता रहेको बताउनुभएको छ । शनिवार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले सहरी क्षेत्रमा मानिसहरु धेरै बसोवास गर्न थालेको भन्दै शहरलाई अब व्यवस्थित गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले नेपालले पञ्चवर्षीय योजना ल्याउँदा व्यवस्थित शहरको विभिन्न प्रयासहरु गर्दै आए पनि अझै अधिकांश शहरहरु योजनावद्ध तरिकाले बन्न नसकेको बताउनु भयो । उहाँले अव्यवस्थित शहरले देशमा चुनौती थपिएको र बस्तीहरु पनि अव्यवस्थित बनेको बताउनु भयो । प्रधानमन्त्री देउवाले शहरहरुको योजनावद्ध तरिकाले व्यवस्थित गर्नको लागि योजना तर्जुमाको साथै आधुनिक तरिकाको पूर्वाधार विकासमा आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहरी क्षेत्रमा मानिसहरु धेरै बसोवास गर्न थालेको अवस्थामा देशको दिगो द्रुत विकासका लागि व्यवस्थित सहरीकरणको ठूलो महत्व रहेको छ । नेपालले पञ्चवर्षीय योजना ल्याउँदा व्यवस्थित शहरको विभिन्न प्रयासहरु गर्दै आए पनि अझै हाम्रा अधिकांश शहरहरु योजनावद्ध तरिकाले बनेका छैनन् । अव्यवस्थित छन् । अव्यवस्थित शहरले देशमा चुनौतीहरु आएका छन् ।’

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation