
भदौ ११ राेल्पा – माडी खोलामा बोलेरो जीप खसेकाे करिब २४ घण्टा हुन लाग्दा पनि बेपत्ता भएका एक जना अझै फेला परेका छैनन।
शुक्रबार बेलुका ९ बजेतिर माडी गाउँपालिका -३ सिस्नेबजारबाट घर्तीगाउँ तर्फ जाँदै गरेकाे बा ५ च ५००२ नम्बरको साेहि गाउँपालिका -३ बेर्साबाङमा सहिद मार्गबाट माडी खाेलामा खसेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
घाइते सहचालक चन्दको घर्तीगाउँ स्थित स्मृति हस्पिटलमा सामान्य उपचार पछि जिल्ला अस्पताल रेउघा लिएकाेमा अवस्था गम्भीर भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएकाे र घाइते सहचालककाे भनाई अनुसार बेपत्ता चालक मात्रै रहेको बुझिए पनि जीपमा कतिजना सवार थिए भन्ने एकिन हुन नसकेको र जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान रहेकाे प्रहरी निरीक्षक भुसालले जनसहारालाई बताए।
जीप खाेलामै डुबेको अवस्थामा रहेको छ। पानीको बहाव बढिरहेको हुदा तत्काल निकाल्ने साधन नहुदा निकाल्न नसकिएकाले सदरमुकाम लिबाङमा रहेकाे बटुकदल गणबाट सेनानी निराकार युद्द खाँडकाे कमान्डमा १६ जनाकाे नेपाली सेना र प्रहरी समेत घटनास्थल देखि बेपत्ता चालककाे खाेजिकार्य र जीप निकाल्ने प्रयास भइरहेको प्रहरी निरीक्षक भुसालले बताए