पर्यटकीय स्थल बन्दै बागचाैरकाे अग्लाटाकुरा भ्यु टावर

भाद्र ११ सल्यान ।

बागचाैर नगरपालिका वडा नं.२ मा रहेको अग्लाटाकुरा भ्यू टावर अवलोकनका लागि अब हरेक दिन खुल्ला रहने भएको छ ।
बागचाैर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली १२ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, पत्रकार र स्थानीयहरुकाे उपस्थितिमा अग्ला टाकुरा भ्यू टावर संरक्षण समितिलाई कार्यक्रमका बिच प्रमुख अतिथि एवम् नगर प्रमुख जनकराज गाैतम र बिशिस्ट अतिथि सुम्निमा डि.सी वलीले चाबी हस्तान्तरण गर्नु भएको छ ।
डाँगी जातिको उद्गम स्थलका रुपमा परिचित रहेको सल्यानकाे लस्तम नेपालको ऐतिहासिक ठाउँ मानिन्छ ।
नेपालका विभिन्न ठाउँमा बसोबास गरिरहेका डाँगी जातिहरु यहीँ ठाउँबाट उत्पत्ति भएको बिश्वास छ ।
यस ठाउँमा अहिले दिनहुँजसो  आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुदै गएको छ ।
डाँगीहरुले परापुर्बकालमा पहिलो पटक यहीँ ठाउँ नजिकै बागेश्वरी कुलको पुजा गरेको बिश्वास गरिन्छ । जहाँ मन्दिर पनि निर्माण गरिएको छ ।
भ्यूटावर बाट सल्यानकाे पहिचान सुन्दर सल्लेरी पाखाहरुको सुन्दर दृश्य अवलोकण गर्न सकिन्छ भने  रुकुम, रोल्पा, जाजरकोट, र नगरपालिकाका विभिन्न वडाहरुको दृश्याअवलोकण समेत गर्न सकिन्छ । स्थानिय स्तरमा उत्पादन हुने आँप, अङ्गुर , केरा, अम्बाको स्वाद चाख्नेहरुका लागि पनि यो ठाउँ नजिकैका गाउँहरु उपयुक्त मानिन्छन् ।
यस ठाउँमा जोखिममा परेका मानिसहरुको तत्काल उद्वार गर्न सहज होस् भन्ने उदेश्यले नगरपालिकाले हेलिप्याड समेत निर्माण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation