Pranmancha

Advertisment

SKIP THIS

पहिरामा पुरिएर दुई जनाकाे मृत्यु, एक बालिकाकाे जिवितै उद्दार

अविरल वर्षातसँगै अाएकाे पहिराेमा पुरिँदा रुकुम पश्चिममा दुई जनाकाे मृत्यु भएको छ भने एक बालिकालाई जिवित उद्दार गरिएको छ । रुकुम पश्चिमकाे आठबिसकोट न.पा. १४ पिपलचौरमा अबिरल वर्षातका कारण माथिबाट पहिरो झर्दा मानिसहरु बेपत्ता भएको स्थानीयले प्रहरी चौकी पुर्तिमकाडामा खबर गरेपछि प्रहरी चौकी पुर्तिमकाडा र इ.प्र.का.आठबिसकोटबाट प्रहरी टोली घटनास्थलमा पुगेर पहिराेमा पुरिएका ३ जनाकाे उद्दार गरेकाे हाे । पहिराेमा आमा र दुई छाेरि सहित तीन जना पहिराेमा पुरिएको थिए ।

अविरल वर्षाको कारण जिल्लाको आठबीसकोट नगरपालिका १४ को पिपलचौरमा आएको पहिरोमा परेर तीन जना बेपत्ता भएको खबर प्रहरीलाई आएपछि तुरुन्तै प्रहरीले उद्दार तर्फ गएको थियो । तीन जना मध्ये १ जनालाई जिवित उद्दार गर्न सफल भयो

बेपत्ता हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका १ मैदैका ३० बर्षिया बालमती राना र उनकी २ वर्षिया छाेरी छन् भने ७ वर्षिया तिर्सना रानाकाे उपचार भइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।ठुलाे पानी परेसँगै अाेत लाग्नकाे लागि सामुदायिक वनकाे भवनमा पसेकाे समयमा भवन माथिबाट खसेकाे पहिराेले उनीहरुलाई पुरेकाे थियाे । 

यस्तै गुमाखोलाका ७० वर्षिय बृद्ध दलविर गुरुङलाई आइतबार बिहान देउताखोलाले बगाएको र अझै पत्ता नलागेको सानीभेरी गाउँपालिका ३ का अध्यक्ष जगदिश नकालले जानकारी दिए ।

छेपारे सामुदायिक वनको भवनमा बर्षातको कारण ओत लागी बसिरहेका अबस्थामा माथिबाट एक्कासी पहिरो आई उक्त भवन र मानिसहरु पहिरोले पुरी बेपत्ता भएकोमा प्रहरी टोलीले तिनै जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाएकोमा चिकित्सकले बर्ष ३० की बालमति राना र निजकै छोरी बर्ष २ की प्रतिक्षा रानालाई चिकित्सकले मृतक घोषणा गरेको र निजकी छोरी बर्ष ७ की तिर्शना रानाको सोही अस्पतालमै उपचार भईरहेको ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation