Pranmancha

Advertisment

SKIP THIS

सीसीटीभी क्यामेराको श्रव्यदृष्य हेरेर कारबाही गर्दै काठमाडौ ट्राफिक

काठमाण्डाै – तपाईँले ट्राफिक प्रहरीको आँखा छलेर लेन मिच्दै जथाभाबीरूपमा गाडी चलाइरहनुभएको त छैन । यदि त्यस्तो छ भने अब तपाईँ प्रहरीको कारबाहीबाट भाग्न सक्नुहुन्न । कुनै न कुनै दिन तपाईँ कारबाहीको भागिदार हुन सक्नुहुन्छ ।

किनकि प्रहरीले सीसीटीभी क्यामेराको श्रव्यदृष्य हेरेर नियम उल्लङ्घन गर्नेलाई खोजेर कारबाही सुरु गरेको छ । विगतमा याे अभियान चलाइएपछि केही वर्ष रोकिएकाेमा काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेरि सुरु गरेको हो ।

काठमाण्डाै उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका गाडीका चालकलाई सीसी क्यामेराका आधारमा कारबाही तीव्र पारिएसँगै पछिल्लो समयमा मात्रै सीसी क्यामेराको फुटेजका आधारमा पहिचान गरी ६३ वटा गाडीका चालक कारबाहीमा परेका छन् ।

सीसी क्यामेरा फुटेजमा कैद भएको श्रव्यदृष्यमा देखिएअनुसार लेन उल्लङ्घन गर्ने ३१, एकतर्फी सडकमा त्यस विपरीत गाडी चलाएका २३ र गाडी मोड्न निषेध गरेको ठाउँमा गाडी मोडेका आठ जना चालकलाई कारबाही गरिएको हो ।

यस्तै यात्रु लिन नमानेको कसुरमा अर्का एक चालकलाई पनि कारबाही गरिएको छ । भदौ १ देखि १४ गतेसम्म काठमाण्डाै उपत्यकाको विभिन्न ठाउँमा ट्राफिक नियम उल्लङ्घन गरेका चार सय २० चालक छन् ।

ट्राफिक प्रहरीले खोजी गरी ल्याइएका ९७ चालकमध्ये ६३ जनालाई कारबाही गरिएको छ । अन्य चालक अहिलेसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजी भइरहेको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा झैँ सीसीटीभी फुटेजका आधारमा खोजी गरी गर्ने कारबाहीलाई थप तीव्रता दिइएको प्रवक्ता भट्टले बताउनुभयो । प्रहरीले विद्यार्थी लक्षित जाँच अभियान पनि सँगसँगै अघि बढाएको छ । याे अभियानका क्रममा विद्यार्थीले पनि जाँड–रक्सी खाएर गाडी चलाउने गरेको पाइएपछि उनीहरूसमेत कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation