


भाद्र १६, सल्यान
सल्यानकाे कुमाख गाउँपालिकाका विभिन्न स्थानमा बाँदर र बदेलले मकै बालीमा क्षती पुर्याएर किसानलाई हैरानी बनाएको छ ।
वडा नं. ६ को थापाचौर बेशीटोलमा जंगली बदेलको आतंक छाएको हो । ८० रोपनी क्षेत्रफलमा लगाएको मकै बालीमा क्षति गरको स्थानीयले बताएका छन । कुमाख ३ को रातपहरा सामुदायिक वन राम्रीको जङ्गल देखि आएर रातिको समयमा खाने गरेको कृषक शिव बहादुर केसी बताउछन ।
उनभने भने: “किसानहरु रातीमा पनि बारीमा बस्छौं तर पनि रातको समयमा समूहमा बदेल आउछन यता धपाउदा उता जान्छन उता धपाउदा यता मकै सखापै पारे ।“ समुहमा आउने बदेललाई एक्लै धपाउनै नसकिने र मार्न पनि नपाइने भएकाले बदेलको संख्यामा पनि वृद्धि हुदा गाह्रो भएको अर्का कृषक ओपेन्द्र गोसाई बताउछन ।
उता कुमाखको ४ नं. वडामा पनि दिउसो बाँदर र राती बदेलले मकैबाली नस्ट गरेको स्थानीय चित्रनाथ योगीले बताएका छन । स्थानीयवासी दिनमा बाँदर धपाउन पालो लगाएर टिन ठटाउछन भने रातमा बदेल धपाउना बारीमा नै बास बस्छन ।
उनी भन्छन: “दिनमा बाँदर र रातमा बदेलले मकैबाली नष्ट गर्छ हामीलाइ हैरान भयो, बस्ती बेशीमा सरेको छ माथी रहेको पाखो बारीमा जंगली जनावरले हैरानी बनायो समस्या छ ।”
स्थानीयबासीका अनुसार अघिल्ला बर्षको तुलनामा जंगलमा अहिले बादर र बदेलको संख्यामा वृद्धी भएको पाइएको छ । उनिहरुले सरकारलाइ सहयोगको लागि अनुरोध गरेका छन ।