![](https://pranmancha.com/wp-content/uploads/2022/09/Picsart_22-09-04_07-41-05-437.jpg)
काठमाण्डाै – देशका केही ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।
मनसुनी न्यून चापीय प्रणाली नेपालको पूर्वी क्षेत्र नजिकै रहेकाले मौसम बदली भइ धेरै ठाउँमा पानी परिरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि तीन दिन नै मौसम बदली भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मनसुनी न्यून चापीय प्रणालीको असर पश्चिमी क्षेत्र कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही कम पर्ने मौसमविद्ले बताएका छन् ।
आज प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको मौसमविद् भट्टराईले बताउनुभयो ।