दाङमा शाैचालय गएकी महिला मृत फेला

तुलसीपुर, २२ भदौ । दाङको तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ६ कपडादेबी निबासी ३८ बर्षकी कमला लामीछाने रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिनुभयो ।

छिमेकी दिदी नाता पर्ने तेजकुमारी लामीछानेको घरमा आज बिहान ६ बजे शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टा अवस्थामा देखेपछि उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

अस्पताल ल्याउपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा श्रीमानसंग झगडा भएपछि कमला हिजो साँझ छिमेकी दिदी तेजकुमारीको घरमा आएको प्रहरीले बताएको छ । पोष्ट मार्टम रिपोर्टमा नर्मल देखिए पछि लडेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation