संयुक्त विद्यार्थी संगठनको विज्ञप्ति : निर्घात कुटपिट गर्ने शिक्षकलाई कडा कारबाहीको माग

दाङ , २२ भदौ । दाङको शान्तिनगर ३ मा रहेको विपी कोइराला माध्यामिक विद्यालयमा अध्ययनरत छात्र सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याउन संयुक्त विद्यार्थी संगठनहरुले जोडदार माग गरेका छन् ।

अनेरास्ववियु दाङका संयोजक सर्जन परियार, अनेरास्ववियू (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महरा र अखिल (क्रान्तिकारी) दाङका संयोजक खुमन पौडले आज बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षी विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्ने शिक्षक उदयराज भण्डारीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

घटनावारे थप बुझ्दा विद्यालयका प्रधानाध्यापक तुल्सि गिरिले आफु विद्यालयमा नभएको समयमा आपसमा विद्यार्थीविच कुटपिट भइरहेको समयमा विद्यालयका शिक्षकद्वारा घाइते बनाइएका विद्यार्थी काे राप्ती प्रादेशिक हस्पिटलमा उपचार भइरहेको बताउनुभयो ।

यस्तो छ विज्ञप्ति 

  •                  

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation