
घाेराही, २६ दाङ ।
लेनदेन काराेबारमा ठगि गर्ने एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेकाे छ ।
घाेराही उपमहानगरपालिका १२ रमना बस्ने चुमाकुमारी बुढालाई जिल्ला अदालत घाेराहीबाट २०७५ सालमा दुई वर्ष कैद सजाए फैसला भएकाे थियाे ।
हालसम्म पनि फरार रहेकी ३७ वर्षकी चुमाकुमारी बुढालाई घाेराही उपमहानगरपालिका १३ कलमघारी नजिकैबाट शुक्रबार पक्राउ गरिएको र आइतबार अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।