बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

भदाै२७ बर्दिया  — बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बर्दिया मधुवन नगरपालिका-२ अमरपुरका ६१ वर्षीय झुठारु थारु भैंसी चराउन गएको समयमा एक्कासी बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं सहायक वन अधिकृत द्रोण शर्माले जनाए ।

आइतबार बेलुकासम्म घर नफर्केपछि उनका आफन्तले वन, प्रहरीलगायत ठाउँमा जानकारी गराएपछि खोजी कार्य भएको थियो । रात परेकाले घना जंगलमा खोजी हुन नसकेपछि सोमबार शरीरका केही अवयव, छाता,चप्पल फेला पारेको हो ।

बर्दियासँगै जोडिएको खाता जैविक मार्गमा रहेको उक्त सामुदायिक वन घना भएकाले खोजी कार्यमा समस्या भएको खाता रेन्ज पोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले चरिचरण र अन्य प्रयोजनका लागि एक्लै वनमा नजानका लागि पटक पटक आग्रह गरे पनि अटेर गरेका कारण वन्यजन्तुले आक्रमण गर्ने गरेको वनका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation